Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकल चोरीका ३ अभियुक्त सुनसरीबाट पक्राउ

२०७४, २० चैत्र मंगलवार ०७:१७

चैत २०, इटहरी | सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पुर्याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । 

को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरी रहेको बताइएको छ । 

यसैबीच सुनसरी जिल्ला, कोशी गाउँपालिका– ६ निवासी २२ वर्षीया पुजनी भनिने पूजादेवी सरदारको एक वर्षअघि हत्या गरी फरार रहेका अभियुक्त अजय कडरियालाई सोमबार पक्राउ गरिएको छ । 

सप्तरी, कंकालिनी नगरपालिका– ३ माइती भई वैवाहिक जीवन बिताइरहेकी पूजालाई उनका श्रीमान् अजयले कर्तव्य ज्यान गरी हत्या गरेको खुल्न आएको र अभियुक्त फरार रहेकाले उनलाई खोजतलास गर्ने क्रममा सोमबार फेला परेको बताइएको छ । अभियुक्तमाथि जिल्ला अदालत सुनसरीमा ज्यान मारेको अभियोगमा कारबाहीका लागि अनुसन्धान अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै