2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री विष्टद्वारा नेपाली कामदार जापान लैजान जीटूजी मोडलको प्रस्ताव

चैत २१, काठमाडौं । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेपालका लागि जापानी राजदूत ओगावाबीच नेपालबाट कामदार जापान पठाउने प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल भएको छ । भेटमा बिष्टले प्रशिक्षार्थी कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेका छन् । 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीका अनुसार आगामी दिनमा जापानमा नेपालीका लागि सुरक्षित रोजगारको अवसर सिर्जना गर्न तथा उद्यमशीलताको विकास लागि द्विपक्षीय सहयोग आदानप्रदानका लागि सम्भाव्य क्षेत्रबारे समेत उहाँहरुबीच छलफल भएको छ । 

श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूतसँग दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन् । यसो भएमा सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले पर्याप्त लाभ उठाउन सक्ने सरकारको विश्वास छ । मन्त्री बिष्टको प्रस्तावलाई जापानी राजदुतले सकारात्मक भएको भन्दै छलफल अघि बढाउने प्रतिवद्धता जनाएका छन् । 

अहिले नेपाली प्रशिक्षार्थी कामदार जिट्को प्रणालीमार्फत जापान जाने गरेका छन् । सरकारले त्यसका लागि म्यानपावर व्यवसायीको सूचीकरण गरेर जिम्मा दिएको छ । नेपाली उद्योगहरुले आफ्ना कामदारलाई प्रशिक्षार्थीका रुपमा सिफारिस गरेपछि जापानका औद्योगिक प्रतिष्ठानमा रोजगारी पाउँछन् । त्यसका लागि १२७ किसिमका कामको प्रकृति निर्धारण गरिएको छ । कामदार पठाउने जिम्मा म्यानपावर व्यवसायीले लिन्छन् । जिट्को अन्तरगत २५० वटा म्यानपावर सूचीमा छन् । तर, म्यानपावर व्यवसायीले जापानबाट त्यस्ता कामदारका लागि पर्याप्त मात्रामा डिमान्ड ल्याउन सकेका छैनन् भने कामदारको छनोट पारदर्शी र व्यवस्थित छैन ।

जापान पठाउन कोरिया मोडल उपयुक्त 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले जापान पठाउन कोरियाको जस्तै मोडल उपयुक्त हुने भन्दै त्यस्तै मोडलमा जापानमा नेपाली कामदार पठाउन सके नेपालीका लागि आकर्षक गन्तब्यका रुपमा लिईएको जापानमा रोजगारी थप प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । श्रम मन्त्रालयले सकेसम्म नेपाली कामदार विदेश पठाउँदा सरकारी तवरबाटै राम्रो हुन्छ भनेको छ । जापान राजदुतले नेपालले राखेको प्रस्ताव सकारात्मक भएको भन्दै आफु त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । राजदुत ओगावाले नेपालको प्रस्ताव जापान सरकार समक्ष जस्ताको तस्तै पुर्याउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट