पढ्न करिब 1 मिनेट लाग्छ

चैत २१, धादिङ | गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताउनुभयो ।

नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो । रासस