२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दाजुका छोराछोरी हत्या गर्ने रोल्पाका खर्कबहादुर प्रहरी खोरमा

२१ चैत्र २०७४, बुधबार ०५:४७

चैत २१, रोल्पा | बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले आज जानकारी दिनुभयो । 

काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । यो दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । दाजुभाइका बीचमा व्यक्तिगत रिसइबी भएता पनि खर्कबहादुरको मानसिक अवस्थाका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन् । 

यसैबीच, रोल्पामा आठ किलो चरेससहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा थबाङ–५ रोल्पाकी ३८ वर्षीया रामप्यारी झाँक्री हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य