दोहा । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दोहा । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको "/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपाली कामदारलाई खुसीको खबर

२०७४, २१ चैत्र बुधबार ०८:४०

दोहा । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई क्षतिपूर्ति दिने तयारी थालेको हो ।

कतार वर्ल्डकप आयोजक समितिले बिदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५० करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एसोसिएटेड प्रेसले जनाएको छ । खासगरी कामदार कतार आउने क्रममा म्यानपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्ने मनसायले आयोजकले यस्तो कदम चालेको बताइएको छ । विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले भने, ‘आफ्नो परिवारको हातमुख जोड्न देश छाडेर आएका कामदारहरु पीडित भएका छन्, उनीहरुलाई हामी क्षतिपूर्ति दिन्छौं ।’

आयोजक कमिटी र ठेकेदारले कामदारलाई क्षतिपूर्ति दिने प्रकृया थाल्न सहमति गरेको उनले बताए । आयोजकका अनुसार आगामी दुई वर्ष्भित्र करिव १ अर्ब २० करोड कतारी रियाल अर्थात् झण्डै ५२ करोड डलर कामदारलाई क्षतिपूर्तिस्वरुप दिइने छ । यसरी क्षतिपूर्ति पाउने ठूलो संख्या नेपाली कामदारको हुने छ । विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माणमा सबैभन्दा धेरै नेपाली कामदारहरुको प्रयोग भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै