२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

२१ चैत्र २०७४, बुधबार ११:०८

सञ्चिता घिमिरे/चैत २१, ललितपुर | इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ । 

१२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गर्नुभएको हो । तीन जना नियमित कर्मचारी पनि उहाँको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेपछि उहाँले आफ्ना आमाबुबालाई पनि आफैसंगै राख्नुभएको छ । सडक सुविधा भएको ठाउँ र बजारको नजिक हुँदा तरकारीखेतीबाट आम्दानी गर्न सकिने उहाँको अनुभव छ । 

उहाँ भन्नुहुन्छ, “यहाँ बजारको कति पनि समस्या छैन ।” उहाँको फार्ममा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी छन् । तामाङ जस्ता शिक्षित युवाको तरकारीखेतीमा आकर्षण बढ्दो छ । विभिन्न विषयमा अध्ययन पूरा गरेका धेरै युवाले अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न छन् । अध्ययनका लागि वा रोजगारीका लागि विदेश गएर आएका धेरैले आधुनिक र व्यावसायिकखेती गरिरहेका छन् । 

विदेशमा कृषि वा तरकारीखेती गरेर आएका युवा स्वरोजगार मात्रै भएका छैनन्, अरुलाई रोजगारी समेत दिएका छन् । उनीहरुको नेपालमा आधुनिक प्रविधि भित्र्याउनमा समेत योगदान छ । 

इजरायललगायतका देशबाट फर्किएका युवामध्ये धेरै अहिले स्वदेशमै तरकारीखेतीमा आवद्ध छन् । केहीले भने यहीँ आधुनिक प्रविधि भित्र्याएर तरकारीको बिक्री गर्न लागेका छन् । काठमाडौँं उपत्यका, असापासका जिल्ला र उपत्यका बाहिर पनि शहरी क्षेत्र नजिकमा अहिले व्यावसायिक तरकारीखेती फैलिँदो छ । 

भर्खरै राजनीतिशास्त्रमा स्नात्तकोत्तर सकेकी दाङकी रिता सुनार पनि तरकारीखेतीबाट आत्मनिर्भर बन्ने र अरुलाई समेत रोजगारी दिने युवा समूहमा पर्नुहुन्छ । उहाँले तीन जनालाई नियमित रोजगारी दिनुभएको छ । 

विदेश जाने प्रक्रियाका लागि काठमाडौँ आएका होस् वा भिसा कुरेर बसेका जिल्लावासी किन नहोस् ती सबै युवा एकपट ‘रिता दिदी’ सम्झदै उनी कहाँ पुग्छन् । त्यस्ता युवालाई उहाँले खाने र बस्ने व्यवस्था मिलाइदिनुहुन्छ । 

यहाँ रहँदासम्म आफ्नो फार्ममा काम गर्न लगाएर जाँदा पारिश्रमिक दिने गर्नुभएको छ उहाँ । पहिले साथीको फार्ममा काम गर्नुभएकी उहाँले उताबाट सिकेर आफूले काम थाल्नुभएको हो । १५ रोपनी जग्गामा झण्डै २१ लाखको लगानीमा उहाँले आफ्नै कृषि फार्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँ भन्नुहुन्छ, “काम शुरु गरेको दुई वर्षमा राम्रो नै भइरहेको छ ।” 

तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी गुगलबाट आवश्यक कुरा खोजेर र युट्युबबाट नयाँ ज्ञान सिकेर खेती गर्ने जमात तरकारीखेतीमा बढिरहेको बताउनुहुन्छ । तरकारीखेतीमा युवा पुस्ताको आकर्षणले कृषि आधुनिक बन्दै गएको उहाँले बताउनुभयो । 

नयाँ पुस्ताले आधुनिक र प्रविधियुक्त खेती गरिरहेका छन् । प्रविधिको प्रयोग गर्दा बोटसम्म पानी पाइपबाट नै जान्छ । रासायनिक मल पनि पाइपबाट जान्छ, बोकेर हाल्नु पर्दैन, उहाँ भन्नुहुन्छ, “पहिले सधैँ घाममा वा भिज्दै कडा शारीरिक परिश्रम गर्नुपर्छ भनेर युवा खेतीमा लाग्न चाहँदैनथे तर अहिलेको अवस्था परिवर्तन भएको छ, प्रविधिले खती गर्न सहज बनाएको छ ।” 

पहिले खेतबारीमा काम गर्न धुलोमैलो भएर जाने गरेकामा अहिले एप्रोन र चस्मा लगाएर जानेको संख्या बढ्दै छ । 

विदेशबाट फर्किएर तरकारीखेतीमा लागेका युवा धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । नुवाकोटका सोम तामाङ पहिले उहाँको गाउँमा गोलभेँडाखेतीमा लाग्ने एक जना मात्रै युवा हुनुहुन्थ्यो । अहिले सिंगो गाउँमा गोलभेँडाखेती फैलिएको छ । यस वर्ष उहाँको गाउँबाटै मात्रै झण्डै रु ९० लाखको गोलभेँडा बिक्री भएको छ । 

तामाङले विदेशबाट सिकेका कुरा गाउँलेलाई समेत सिकाएर सिंगो गाउँलाई सम्पन्न बनाउनुभएको छ, जोशी भन्नुहुन्छ, “तामाङ जसरी नै विदेशबाट सिकेको सीप र प्रविधि यहाँ प्रयोग गर्ने युवा धेरै जना हुनुहुन्छ । 

परम्परागत खेती गर्नेलाई विस्तारै आधुनिक खेती गर्ने जमातले विस्थापित गर्दै लगेको छ । 

परम्परागत खेती गर्ने पहिले उत्पादन गरेर बजार खोज्छन् । आधुनिक किसान भने बजारको मागअनुसार उत्पादन गर्छन्, जोशी भन्नुहुन्छ, “शिक्षित युवाले यो एक दशकमा कृषिमा साच्चै नपत्याउने गरी परिवर्तन गरिरहेका छन् ।” आगामी वर्षमा तरकारीखेतीमा अझै परिवर्तन हुने उहाँले बताउनुभयो । 

जीविकोपार्जनका लागि विदेश गएका धेरे युवा स्वदेश फर्किएपछि व्यवसायिक किसान बनेका छन् । आधुनिक प्रविधि प्रयोग गर्ने किसानलाई निर्देशनालयले विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य