Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब डिमान्ड ल्याउन कमिसन दिने म्यानपावरलाई कारवाही हुने

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, काठमाडौं । बिदेशीक रोजगार व्यवसायी संघले विदेशबाट ल्याइने डिमान्डका लागि भइरहेको अवस्थ प्रतिस्पर्धा अन्त्य गर्न प्रयास थालिएको जनाएको छ ।

बैदेशिक रोजगार व्यवसायी सँघले अस्वस्थ रुपमा मागपत्र डिमान्ड खोस्ने प्रवृत्तिले सरकारी निर्णय कार्यान्वयन हुन नसकेको समेत जनाएको छ । कम्पनीले सबै निःशुल्क दिँदा समेत म्यानपावरबीच डिमान्ड तानातान हुने काम भएकाले त्यसको प्रभाव कामदारलाई परेको जनाएको छ । यसै बिषयमा संघका अध्यक्ष रोहन गुरुङले निशुल्क भिषा/टिकट दिने कम्पनीले समेत म्यानपावरको तानातानको कारण निशुल्क दिन छाडेको भन्दै अब त्यस्तो गर्ने म्यानपावरलाई संघले कारवाही गर्ने बताए ।

बैदेशिक रोजगारीमा लैजाने म्यानपावरले सम्बन्धित कम्पनीलाई कामदार दिए बापत कमिसन समेत दिंदा न्यून शुल्कमा कामदार लैजान समस्या भएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले बताएका छन् । सघले अस्वस्थ प्रतिस्पर्धामा उत्रने व्यवसायीलाई संघबाट निलम्बन गरी कारवाहीका लागि सरकारलाई सिफारिस गर्ने चेतावनी दिएको छ ।

कामदारले १ महिनाको तलब दिनुपर्ने माग

नयाँ स्थाई सरकार आएसँगै बैदेशिक रोजगार व्यावसायीहरु सशंकित छन् भने श्रम मन्त्री बनेका गोकर्ण विष्टले फ्री भिषा-फ्री टिकटको नीति कडाई गर्ने संकेत दिएपछी कम्तिमा १ महिनाको तलब सेवा सुविधा वापत पाउनुपर्ने बताउँदै आएका छन् । विदेश स्थित धेरै कम्पनीले म्यानपावर व्यवसायीलाई नेपाल सरकारले भनेजस्तै निशुल्क भिषा र टिकट नदिँदा फ्री भिषा फ्री टिकटक्लो नीति लागू गर्न अफ्ट्यारो पर्ने व्यवसायीहरु बताउँछन् । त्यसो त केहि म्यानपावरले अर्को म्यानपावरमा आएको डिमाण्ड तान्न विदेश स्थित कम्पनी तथा एजेन्टलाई कमिसन समेत दिने गरेको र जसको कारण कामदारलाई अझै भार थपिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले म्यान्पावरहरुलाई पत्राचार गर्दै नियम संशोधनका लागि पहल हुने समेत बताएको छ । धेरै म्यानपावर व्यवसायीहरुले एक अर्को म्यानपावरमा आएको डिमाण्ड तानातान गर्ने गर्दा अस्वस्थता बढेको छ भने त्यसको लागि कमिसन दिने हुँदा त्यसको भार कामदारलाई पर्ने गरेको छ ।

त्यस्तै बैदेशिक रोजगार व्यवसायी संघले कामदार ल्याउन एजेन्टको भर पर्नु पर्ने वाध्यता हटाउन अनलाइन पोर्टल समेत तयारी अवस्थामा राखेको भन्दै अनलाइन पोर्टलले नेपाली कामदारलाई सिधा म्यानपावरसँग सम्पर्क राख्न सहयोग पुग्ने जनाएको छ ।

म्यानपावर व्यवसायीहरुले विदेश जाने नेपाली कामदारबाट सेवा शुल्कका रुपमा टिकट खर्च र कामदारको एक महिना बराबर लिन पाउने पर्ने माग गरेका छन् । जुन मागमा अधिकांश बैदेशिक रोजगार व्यावसायीहरु सकारात्मक छन् ।