२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब डिमान्ड ल्याउन कमिसन दिने म्यानपावरलाई कारवाही हुने

२२ चैत्र २०७४, बिहीबार १५:५९

चैत २२, काठमाडौं । बिदेशीक रोजगार व्यवसायी संघले विदेशबाट ल्याइने डिमान्डका लागि भइरहेको अवस्थ प्रतिस्पर्धा अन्त्य गर्न प्रयास थालिएको जनाएको छ ।

बैदेशिक रोजगार व्यवसायी सँघले अस्वस्थ रुपमा मागपत्र डिमान्ड खोस्ने प्रवृत्तिले सरकारी निर्णय कार्यान्वयन हुन नसकेको समेत जनाएको छ । कम्पनीले सबै निःशुल्क दिँदा समेत म्यानपावरबीच डिमान्ड तानातान हुने काम भएकाले त्यसको प्रभाव कामदारलाई परेको जनाएको छ । यसै बिषयमा संघका अध्यक्ष रोहन गुरुङले निशुल्क भिषा/टिकट दिने कम्पनीले समेत म्यानपावरको तानातानको कारण निशुल्क दिन छाडेको भन्दै अब त्यस्तो गर्ने म्यानपावरलाई संघले कारवाही गर्ने बताए । 

बैदेशिक रोजगारीमा लैजाने म्यानपावरले सम्बन्धित कम्पनीलाई कामदार दिए बापत कमिसन समेत दिंदा न्यून शुल्कमा कामदार लैजान समस्या भएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले बताएका छन् । सघले अस्वस्थ प्रतिस्पर्धामा उत्रने व्यवसायीलाई संघबाट निलम्बन गरी कारवाहीका लागि सरकारलाई सिफारिस गर्ने चेतावनी दिएको छ ।

कामदारले १ महिनाको तलब दिनुपर्ने माग 

नयाँ स्थाई सरकार आएसँगै बैदेशिक रोजगार व्यावसायीहरु सशंकित छन् भने श्रम मन्त्री बनेका गोकर्ण विष्टले फ्री भिषा-फ्री टिकटको नीति कडाई गर्ने संकेत दिएपछी कम्तिमा १ महिनाको तलब सेवा सुविधा वापत पाउनुपर्ने बताउँदै आएका छन् । विदेश स्थित धेरै कम्पनीले म्यानपावर व्यवसायीलाई नेपाल सरकारले भनेजस्तै निशुल्क भिषा र टिकट नदिँदा फ्री भिषा फ्री टिकटक्लो नीति लागू गर्न अफ्ट्यारो पर्ने व्यवसायीहरु बताउँछन् । त्यसो त केहि म्यानपावरले अर्को म्यानपावरमा आएको डिमाण्ड तान्न विदेश स्थित कम्पनी तथा एजेन्टलाई कमिसन समेत दिने गरेको र जसको कारण कामदारलाई अझै भार थपिएको छ । 

वैदेशिक रोजगार व्यवसायी संघले म्यान्पावरहरुलाई पत्राचार गर्दै नियम संशोधनका लागि पहल हुने समेत बताएको छ । धेरै म्यानपावर व्यवसायीहरुले एक अर्को म्यानपावरमा आएको डिमाण्ड तानातान गर्ने गर्दा अस्वस्थता बढेको छ भने त्यसको लागि कमिसन दिने हुँदा त्यसको भार कामदारलाई पर्ने गरेको छ ।  
त्यस्तै बैदेशिक रोजगार व्यवसायी संघले कामदार ल्याउन एजेन्टको भर पर्नु पर्ने वाध्यता हटाउन अनलाइन पोर्टल समेत तयारी अवस्थामा राखेको भन्दै अनलाइन पोर्टलले नेपाली कामदारलाई सिधा म्यानपावरसँग सम्पर्क राख्न सहयोग पुग्ने जनाएको छ ।

 म्यानपावर व्यवसायीहरुले विदेश जाने नेपाली कामदारबाट सेवा शुल्कका रुपमा टिकट खर्च र कामदारको एक महिना बराबर लिन पाउने पर्ने माग गरेका छन् । जुन मागमा अधिकांश बैदेशिक रोजगार व्यावसायीहरु सकारात्मक छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान