2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सेनाद्वारा अपांगमैत्री शौचालय हस्तान्तरण

चैत २३ रोल्पा | नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ । 

बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गर्नुभएको हो । 

गणका सैनिकले श्रमदान गरी निर्माण गरेको सो आधुनिक शौचालयमा तीन वटा कोठा रहेका छन् । शौचालय निर्माणपछि विद्यालयमा अध्ययनरत अपांग बालबालिका लाभान्वित हुने प्रधानाध्यापक महराले बताउनुभयो । 

सदरमुकाम नजिक रहेपनि भौतिक पूर्वाधारको समस्या भोग्दै आएको सो विद्यालयले सेनाको सहयोगमा निर्मित शौचालयबाट केही राहत पुग्ने अभिभावकले बताएका छन् । 

शौचालय निर्माणमा सेनाको श्रमदानसहित करीब रु साढे पाँच लाख खर्च भएको खडग दल गणका गणपति अजय गुरुङले जानकारी दिनुभयो । खड्गदल गण रोल्पाले जिल्लावासीको सहकार्यमा थुप्रै विकास निर्माणका काममा सहयोग गरिरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ