२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

महिनावारी हुँदा विद्यालय जाँदैनन् बाजुराका छात्राहरु

२३ चैत्र २०७४, शुक्रबार ०८:२६

प्रेम रौले/चैत २३, बाजुरा | बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेकी छन् । तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन् । नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ । 

महिनावारी हुँदा उक्त विद्यालयका कम्तीमा २० जनाभन्दा बढी छात्रा पाँच दिनसम्म विद्यालय आउँदैनन् । महिनावारी भएको बेलामा विद्यालय जानु हुँदैन भन्ने मानसिकता अझै गाउँमा रहेको पाइन्छ । 

छाउ भएपछि हिँड्ने बाटो र विद्यालयमा देवता भएका कारण विद्यालयको पढ्न अभिभावकले रोक लगाउने गरेको कीर्तिचौर माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा नन्दाकुमारी जोशीले बताउनुभएको छ । 

उहाँले छाउ भएको बेलामा विद्यालय आउने बाटाभरि देवताका मन्दिर भएका कारण र विद्यालयमा समेत देवता भएको हुँदा विद्यालयमा नआउने गरेको बताउनुभयो । छाउ भएको बेलामा देवीदेवता भएको बाटो हिँड्दा देवता रिसाउने भएको भन्दै आमाबुबाले समेत स्कूल जान दिँदैनन् जोशीले भन्नुभयो । छाउ भएको बेला विद्यालय नजाँदा पढाइमा समेत बाधा भएको बताउनुभयो । 

उनीमात्र होइनन् उनीसँगै आठ कक्षामा पढ्ने अर्की छात्रा मन्देवी जोशी भन्छिन्, विद्यालयमा देवताको मन्दिर बनाएर राखिएको छ । विद्यालय आउने बाटोभरि देवताका मन्दिर बनाएका छन् । छाउ भएको समयमा हिँड्ने बाटोसमेत छैन, भन्दै घरका अभिभावकले छाउ भएको पाँच दिनसम्म रोक लगाउने गरेका छन् । 

विद्यालयमा छाउ भएको बेला जानलाई छात्रामैत्री शौचालय नहुँदा थप समस्या भएको जोशीको भनाइ रहेको छ । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा दिसापिसाब गर्नसमेत समस्या हुने गरेको जोशीको भनाइ रहेको छ । छात्रामैत्री शौचालय बनाउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेको जोशीले गुनासो गर्नुभएको छ । 

जोशीद्वय जस्तै विद्यालयमा अध्ययन गर्ने २५० जना छात्राको समस्यामा विद्यालयको ध्यान जान सकेको छैन भन्छन् कक्षा ९मा अध्ययनरत छात्रा विद्यार्थी सुनिताकुमारी रोकाया । 

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा पाँच दिनसम्मको पढाइलाई बाधा गर्दै घरमा बस्ने गरेको छात्रा रोकायाले बताउनुभयो । 

उहाँले विद्यालयमा पढ्न आएको बेलामा छाउ भएपछि पढाइ छोडेर विद्यालय नजिकै रहेको खोलैखोलाको बाटो भएर आधा घण्टाभन्दा बढी हिँडेर घर जानुपर्ने बाध्यता रहेको रोकायाले बताउनुभएको छ । 

कीर्तिचौर माविका प्रधानाध्यापक डबलबहादुर बोगटीले भने २५० छात्रा अध्ययन गर्दै आएको बताउनुभएको छ । महिनावारी भएको बेला छात्रा विद्यार्थी पढ्न नआउने गरेको बताउनुभयो । 

विद्यालयमा छात्रामैत्री शौचालय बनाउँदा केही कमीकमजोरीका कारण छात्रा विद्यार्थीलाई समस्या हुने गरेका कारण छात्रा विद्यालयमा कम आउने गरेको प्रधानाध्यापक बोगटीले स्वीकार गर्नुभएको छ । उहाँले शौचालय बनाउँदा नै ध्यान नदिएका कारण छात्राले समस्या भोग्नु परेको प्रअ बोगटीको भनाइ छ । 

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर रोकायाले छात्रामैत्री शौचालय नहुँदा केही छात्रा आउने र केही छात्रा नआउने गरेको बताउनुभएको छ । उहाँले छात्रामैत्री शौचालय नहुँदा र शौचालय बनाउने जग्गाको अभावका कारण विद्यार्थीको पढाइमा बाधा हुने गरेको बताउनुभयो ।

छात्रामैत्री शौचालय निर्माण गर्दा पनि केही कमजोरी भएका कारण छात्रा विद्यार्थीले हैरानी खेप्नु परेको रोकायाले स्वीकार गर्नुभयो । उहाँले विद्यालयभित्र रहेका दुई वटा चर्पी भनेजस्तो नभएका बताउनुभएको छ । विद्यालयमा आएको चर्पी निर्माणको योजनाले चर्पी निर्माण गरे पनि झारो टारेजस्तै भएको उहाँले खुलासा गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य