2026-07-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएर उद्यमी बनेकाहरूलाई पुरस्कारका लागि आवेदन खुला

चैत्र २३,काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकाहरूलाई पुरस्कृत गर्नको लागि आवेदन खुल्ला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना प्रकाशन गरि वर्षेनी वितरण गर्ने पुरस्कारको लागि आवेदन खुला गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी बनेकाहरूले ३० दिन भित्र आवेदन दर्ता गर्नकाले लागि आव्हान गरेको छ । वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई मन्त्रालयले सम्मान गरी उनीहरूको योगदानको कदर र स्वरोजगारीमा नेपाली नागरिकलाई प्रोत्साहन गर्ने उद्येश्यले पुरस्कृत गर्ने कार्यक्रम रहेका मन्त्रालयले जनाएको छ ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ को अनुसूचि २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरी खामबन्दी गरी मन्त्रालयको ठेगाना ‘रोजगार समन्वय तथा तालिम शाखा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिहंदरवार, काठमाण्डौ’ मा पठाउन मन्त्रालयले आग्रह गरको छ । उद्यमी पुरस्कारका लागि छनोट गर्दा १०० पूर्णांकमा मूल्यांकन गरिने उक्त कार्यविधिमा उल्लेख छ ।

यसअनुसार रोजगारी सिर्जना र पुँजी लगानीको अनुपातको २० अङ्क, स्थानीय साधन, स्रोत र प्रविधिको उपयोग २०, आयात प्रतिस्थापन/निर्यातमूलक उद्योग १०, अनुसन्धानमूलक वा आविष्कृत प्रविधिको प्रयोग १०, राज्यलाई तिरेको करको योगदान १०, दुर्गम एवम् विकट क्षेत्र वा गाउँघरमा उद्योग स्थापना व्यवसाय र सञ्चालन १०, महिला, मधेसी, आदिवासी, जनजाति, दलित, उपेक्षित र सीमान्तकृत वर्गलाई रोजगारी प्रदानका लागि १०, सामाजिक दायित्व बहन ५, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनका लागि ५ अंक तय गरिएको छ । 

श्रम मन्त्रालयलेअघिल्लो वर्ष एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार एक जनालार्ई र छ जनालाई ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक