पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी"/>
2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा-सिद्धलेक इकाईमा सरु

पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी कार्यसमिति सदस्य समेत रहेकी सरु दर्जन बढी संघसंस्थामा क्रियाशील छन् ।संस्थाको उपाध्यक्षमा रामप्रसाद दुवाडी, सचिवमा गंगाबहादुर पौडेल, सह–सचिवमा गणेश गिरी, कोषाध्यक्षमा हरिकृष्ण श्रेष्ठ र सहकोषाध्यक्षमा सूर्यमान वाडा निर्वाचित भएका छन् । उपाध्यक्ष दुवाडी, सचिव पौडेल, सह–सचिव गिरी, सहकोषाध्यक्ष वाडा नलाङ निवासी हुन् भने कोषाध्यक्ष श्रेष्ठ कुम्पुर निवासी हुन् ।यसैगरी संस्थाको कार्यसमिति सदस्यमा सलाङका दिनेश सिलवाल, सन्तोष मिश्र, केशर पुलामी, नलाङका विक्रम पण्डित, विष्णुमान शाक्य, सरोज अर्याल र कुम्पुरकी सरिता आलेमगर छन् ।

कार्यक्रममा अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालका संस्थापक अध्यक्ष रुद्र खनालले भाइचरा सम्बन्ध मजबूत बनाउन इकाइले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।इकाइका अध्यक्ष शुम्भ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ समाजका अग्रज नवराज दुवाडी, समाजका अध्यक्ष युवराज खतिवडा, पूर्व वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, पूर्व सचिव वेनी पाठक, ज्वालामुखी गाउँपालिका इकाइ उपाध्यक्ष यादु ढकाल, लेकसाइड पारिवारिक समाजका अध्यक्ष ईश्वर श्रेष्ठ, सिद्धलेक इकाइ उपाध्यक्ष रामप्रसाद दुवाडी, सचिव सरस्वती श्रेष्ठ, कोषाध्यक्ष गंगाबहादुर पौडेल लगायतले बोलेका थिए ।वेनी पाठक संयोजक तथा मेघबहादुर न्यौपाने र गोकर्ण अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो