2026-09-24 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अब कोरियामा नेपाली कामदारका परिवार पनि जान पाउलान् ?

चैत २५, काठमाडौं । के अब कोरियामा नेपाली कामदारका परिवार भेट्न जान पाउलान् ? नेपालमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेपछी यो सम्भावना देखिएको छ ।

कोरियामा रहेका नेपाली कामदारसँग उनका परिवारले लामो समयसम्म भेट्न नपाउँदा डिप्रेसनको सिकार हुने, आत्महत्या सम्मको घटना हुन नदिन परिवारलाईनै कोरिया पुगेर भेट्नेसम्मको व्यवस्था मिलाउन श्रममन्त्रीले प्रस्ताव गरेको बुझिएको छ । यस विषयलाई  समेट्दै अब उतै भेट्न जानेसम्मको अवसर मिलाउन कोरिया राजदुतलाई मन्त्री विष्टले आग्रह गरेका हुन् । मन्त्री विष्टको प्रस्तावलाई कोरियन राजदूतले सकारत्मक रुपमा लिएका र आफ्नो सरकारसँग उक्त प्रस्तावको लागि पहल गर्ने बताइएको छ ।

कोरिया जानेहरुले आफ्नो करार अवधि ४ वर्ष १० महिनाको बीचमा आफ्ना परिवारलाई भेट्न पाईरहेका छैनन् । कोरिया सरकार यस प्रस्तावमा सकारात्मक भए अब उक्त अवधिमा कोरियामा रहेका कामदारको परिवारले कम्तिमा एकपटक त्यहाँ पुग्न सक्ने र कामदारको अवस्था बुझ्न सक्ने बताइएको छ । 

त्यस्तै मन्त्री विष्टले कोरिया राजदुतसँगको भेटमा कोरियाले अहिले दिइरहेको कामदारको कोटा पनि थप्न भन्दै आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल