२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकीय गन्तव्य बन्दै बागलुङको निलुवा

२०७४, २७ चैत्र मंगलवार ०९:१९

बागलुङ, २७ चैत | गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । 

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, प्रचारप्रसारलगायत प्रवद्र्धनात्मक काम केन्द्रले गरिरहेको छ । निलुवा लेक यसअघि किसानको गोठथरीमा मात्र सीमित थियो । 

मनोरम प्राकृतिक दृश्यावलोकनका लागि निलुवा उत्कृष्ट गन्तव्य बन्दै गएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । “यहाँको भू–बनोट, हावापानी लोभलाग्दो छ”, उहाँले भन्नुभयो, “नजिकै हिमाल देख्न सकिन्छ, पदयात्राको मज्जा पनि लिन सकिन्छ ।” 

निलुवाबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ किसानका ८० भन्दा बढी खरका परम्परागत गोठले पनि पर्यकटलाई लोभ्याउने गरेको छ । हिजोआज वस्तुभाउ पाल्न र खेतीका लागि किसान आउन छोडेपछि गोठ भने रित्तै छन् । 

किसानको पुरानो जीवनशैली झल्काउने गोठ संरक्षण गर्न केन्द्रले पहल गरिरहेको छ । घना जंगलको बीचमा उपत्यका बनेर बसेको निलुवा लेक दुई हजार ५०० मिटरको उचाइमा पर्छ । पदयात्रा, वनभोज, दृश्य छायाङ्कन, अवलोकन भ्रमण तथा ‘क्याम्पिङ’का लागि आन्तरिक पर्यटक निलुवा पुग्ने गरेका छन् । 

निलुवामा पर्यटनमैत्री पूर्वाधारको अभाव छ । खाना, आवास, खानेपानीजस्ता आधारभूत सुविधा पु¥याउन बाँकी नै छ । केही दूरीमा पदमार्ग बने पनि थप विस्तारको काम गर्नुपर्ने देखिन्छ । वडा नं ४ का अध्यक्ष बलबहादुर खत्री पर्यटन प्रवद्र्धनको काम भर्खर शुरु भएको बताउनुहुन्छ । 

“निलुवालाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर लागेका छौँ”, उहाँले भन्नुभयो, “धेरै काम गर्न बाँकी छ ।” उहाँले पर्यटन विकासमा राज्यले पनि ध्यान दिनुपर्ने बताउनुहुन्छ । नगरपालिका र वडाको तर्फबाट निलुवाको पर्यटन विकासमा सक्दो योगदान गर्ने उहाँ बताउनुहुन्छ । पर्यटन प्रवद्र्धनका लागि गत शनिबार मह शिकार ९हनी हन्टिङ० महोत्सवसमेत आयोजना गरिएको थियो । 

निलुवामै रहेको ५०० मिटर अग्लो मौरीभिरमा शिकारीले जोखिम मोलेर शिकार गरेका थिए । छत्तीस वर्षपछि गरिएको मह शिकार हेर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो । मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो । 

लेकाली हावापानीमा अवस्थित निलुवा लेक पुग्न बागलुङ सदरमुकामबाट ४५ किलोमिटर गाडीको यात्रा गर्नुपर्छ । मध्यपहाडी लोकमार्गको डाँडाखेतबाट निलुवा पुग्न दुई घण्टा उकालोमा पदयात्रासमेत गर्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने