२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट सालको चिरान काठ बरामद

२८ चैत्र २०७४, बुधबार ०९:५५

चैत्र २८ धादिङ | दक्षिणी धादिङको गल्छी गाउँपालिका–८ तिनघरेमा अवैध रुपमा सञ्चालित फर्निचर उद्योगबाट २७८ गोलिया (एक सय ८५ क्यु फिट) सालको चिरान काठ बरामद गरिएको छ । 

जिल्ला वन कार्यलयको टोलीले सो फर्निचर उद्योगमा अवैध रुपमा लुकाइ राखेको अवस्थामा सालका काठ बरामद गरेको हो । 

फर्निचर उद्योगका सञ्चालक चित्रबहादुर मगर भने फरार छन् । उक्त उद्योगको नजिकै अधेँरी सामुदायिक वन रहेकाले सो काठ उक्त बनकै भएको हुनसक्ने जिल्ला वन अधिकृत इमनाथ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कहाँका काठ ल्याएको भनेर पत्ता लगाउँदै छौ ।” 

फर्निचर उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यलयबाट अनुमति लिई कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सो फर्निचर उद्योगले अनुमति नै लिएको छैन । बरामद गरिएको काठ सेक्टर वन कार्यालय गलौदीमा राखिएको छ । वन ऐन २०४९ अन्तर्गत अवैध वन पैदावार चोरी निकासी कानूनअनुसार मुद्दा प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य