२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा निःशुल्क रुपमा सोलार सेट वितरण

२९ चैत्र २०७४, बिहीबार ०३:३७

चैत २९, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ । 

उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष दशरथ मंगोलाले जानकारी दिनुभयो । 

गाउँपालिकाद्वारा बुधबार अयोजित कार्यक्रममा प्रदेससभा सदस्य लिलाधर भट्टले सो सोलार वितरण गर्दै जनप्रतिनिधिहरुले जनचाहना अनुसार काम गर्ने बताउनुभयो । 

पञ्चेश्वर गाउँपालिकामा पनि विभिन्न समस्या रहेकाले यसको समाधानका लागि आफूले सक्दो पहल गर्छु उहाँले भन्नुभयो, “जनताले विश्वास गरेर भोट दिएकाले जनमतको कदर गरी अहिलेका जनप्रतिनिधिले काम गर्नुपर्छ ।” 

यसअघि चैत पहिलो साता बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि “उज्यालो दोगडाकेदार” बनाउन गाउँपालिकाभित्र निःशुल्क रुपमा एक हजार सोलार पाता वितरण गरेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै