2026-09-14 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपााल आर्दशलाई राष्ट्रकै नमुना विद्यालय बनाउन शाहद्धारा १५ लाख दिने घोषणा

माधव बेल्वासे/चैत्र २९ कपिलवस्तु | नेपाल आदर्श माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गर्न संसद विकास कोषबाट १५ लाख दिने सासद अभिषेक प्रताप शाहले घोषणा गर्नु भएको छ ।

 विद्यालयलाई देश कै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिदै शाहले विद्यार्थीको चाप र शिक्षाको गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षकहरुलाई सुझाव समेत दिनु भयो ।

कपिलवस्तु शिवराज नगरपालिका १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव तथा १९ अभिभावक दिवसको अवसरमा बोल्दै शाहले विद्यालयले कक्षा नर्सरी देखी कक्षा नौ सम्म अंग्रेजी माध्यमका कक्षा संचालन गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी उनीहरुको उज्जवल भविष्य निर्माण गर्न गरेको यस प्रयासको खुलेरै  शाहले प्रशंसा समेत गर्नु भयो ।

 विद्यालयले संचालन गरेको प्राविधीक शिक्षाले दक्ष प्राविधीक निर्माणमा टेवा पुराएको समेत शाहले बताउनु भयो ।

विद्यालयमा हाल कक्षा १२ सम्म कुल २४ सय विद्यार्थीले अध्ययन गरीरहेको र अगामी बर्षहरुमा विद्यार्थीको संख्या ४ हजार पुराउने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरेलले बताउनु भयो । बर्षेनी विद्यार्थी संख्या बृद्धि भइरहेकोले विद्यालयमा भौतिक संरचना थप निर्माण गर्नु पर्ने समेत प्रअ पोखरेलले बताउनु भयो । ८० जना शिक्षक शिक्षीकाले अध्यायपन गराउने विद्यालयमा ३७ वटा कोठामा कक्षा संचालन गरिरहेको र कक्षा कोठा थप गर्नु पर्ने आवश्यता रहेको छ ।

 विद्यालयले गतबर्ष बाट  अभियानको रुपमा संचालन गर्दै आएको अंग्रेजी माध्यमका कक्षाहरु निरन्तर संचालन भइरहने र यो अभियान कुनै पनि शक्तिले रोक्न नसक्ने प्रअ पोखरेलले बताउनु भयो ।

 यसविद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट संचालित एकीकृत शिक्षा संचालन भएको र यस अन्तर्गत १० जना दृष्टि विहिन विद्यार्थीहरुले अध्ययन गरिरहेको प्रअले बताउनु भयो । यसै शैक्षिक सत्रबाट भारतिय दुताबासको सहयोगमा प्राप्त भएको विद्यार्थीहरुका लागी  बस सेवा पनि संचालन हुने उहाँले बताउनु भयो ।

 विद्यालयले आगामी बर्षमा विद्यालयमा छात्रावास भवन निर्माण गर्ने, क्यान्टिनको स्तरउन्नती गर्ने शिक्षाको गुणस्तरलाई अझ वृद्धि गर्न अतिरिक्त क्रियाकलाप संगै अन्य कार्यक्रमहरु गर्ने योजना रहेको समेत प्रअ  पोखरेलले बताउनु भयो ।

विद्यालयको ४३ औं बार्षिक उत्सव तथा १९ अभिभावक दिवसको अवसरमा दिर्घ बहादुर के.सी.को सम्झनामा उहाँका छोराहरु अर्जुन के.सी., गणेश के.सी., र रामचन्द्र के.सी.ले स्थापनको गरे ५ लाखको अक्षयकोषको व्याजबाट २८ जना गरिव जेहेन्दार ,विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । 

छात्रबृत्ति रकम विद्यार्थीहरुलाई स्व केसी की श्रीमती केसरा केसी ले  वितरण गर्नुभएको हो । सगै प्रेम चन्द्र स्मृती अक्षयकोष मार्फत ६ जना गरिवि जेहेनदार विद्यार्थीहरुलाई  रकम वितरण गरिएको छ ।दिवशको अवशरमा लामो समय सम्म विद्यालयमा अध्यापन गराएका अवशकास प्राप्त शिक्षक दयाराम चौधरी र द्रोण प्रसाद अधिकारीलाई विद्यालयलाई पुर्याएको योगदानको सम्मान गर्दै ढाका टोपी र मायाको चिनो प्रदान गरिएको छ । 

कार्यक्रम मार्फत विद्यालय प्रथम तथा उत्कृष्ण नतिजा ल्याई पासहुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरीएको छ ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले कार्यक्रम समापन गर्दै उत्कृष्ण विद्यालय बनाउने योजना एक्लो प्रयासले नहुने भएकाले सम्पुण अभिभावकहरु साथ आवश्य रहेको वताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाको अध्यक्षता,कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको,जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीको विशिष्ट आतिथ्यत सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा नेता अजय थापा,हुमाकान्त खनाल,भवनराज पौडेल लगाएत शिक्षाप्रमी तथा अभिभावकहरुको सहभागीता रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ