Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३०, जुम्ला | जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १० मा यो समाचार छापिएको छ ।

दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ ।

मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमार दाहालको भनाइ छ ।

तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने दाहालको भनाइ छ । मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषध कारोबार हुँदा अनुसन्धान गर्न समस्या भएको उनले बताए ।

‘लागुऔषध दुव्यवसनमा संलग्नबारे प्रहरी अनुसन्धान जारी छ। यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन । युवालाई दुर्व्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो’, दाहालले भने, ‘प्रहरी नियन्त्रणमा रहेकालाई कानुनअनुसार जरिवाना तथा कैद सजाय हुन्छ।’दुव्र्यसनमा फसेका युवालाई यसबाट टाढा राख्ने वातावरण बनाउन सबै निकायको दायित्व हुने दाहालले बताए ।