पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३० भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प्रहरीले जनाएको छ । बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो । रासस