2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धाराको पानी पिउन पाउँदा स्थानीयबासी खुशी

चैत ३०, सुर्खेत | बर्षौदेखि कर्णाली नदीको धमिलो पानी पिउँदै आएका नरहरीनाथ गाउँपालिका वडा नं १ लालिघाटका व्यापारी खानेपानीको आयोजना पाएसंगै निकै खुसी भएका छन् । जिल्लाको मुख्य व्यापारी केन्द्र भनेर चिनिएको लालिघाट बजारका व्यापारीका लागि जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले पञ्चवर्षे योजना स्वरुप पहिलो वर्ष १० लाख रुपैयाँ विनियोजन गरेपछि लालिघाट बजारका व्यापारी खुसी भएका छन् ।

१२ वर्ष पहिलेदेखि कर्णाली नदिको पानी खान वाध्य त्यहाँका स्थानीय व्यापारीले धाराको पानी प्रयोग गर्न पाउँदा खुसी भएका छन् । मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको लालीघाट बजारका व्यापारीले कर्णाली नदिको धमिलो पानीलाई कपडाले छानेर पिउनु पर्ने बाध्यता थियो । स्थानीय व्यापारीहरुले घरघरमा खानेपानीको धारा जडान हुनेभएपछि उनीहरुमा वर्षौदेखिको पानी पिउने सपना साकार हुने भएको छ ।

शेरबहादुर विष्टको अध्यक्षतामा उपभोक्ता समिति बनाएर त्यहाँका व्यापारीहरुले शान्नित्रिवेणी गाउँपालिका वडा नं १ दवडमा रहेको मुहानदेखि लालिघाटसम्म १२ वर्ष पछि खानेपानी पुर्याएका हुन् । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयबाट ५ वर्षे योजना सहित पहिलो वर्ष १० लाखको लागतमा ४ हजार ५ सय मिटर पाइपबाट लालिघाट बजारमा खानेपानी पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु