प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित ग"/>

2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

वृद्धाश्रम बन्यो पुस्तकालय : १ लाख बढीको दान, कति राम्रो काम !

प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित गरिएको छ । 

यसरी रुपान्तरित गरिएतापनि अतिथि तथा जेष्ठ नागरिकका लागि भने केही कोठा छुट्टाइएको छ । 

स्थानीय समाजसेवी महेन्द्र पँगेनीले करीब १ लाख मूल्य बराबरका न्यानो कपडाहरु  जेष्ठ नागरिकहरुका लागि सो अवसरमा दान समेत गर्नुभएको हो । 

ठाकुरबाबा नगरपालिका वडा नं. १ मा रहेको आश्रमका लागि कम्मल, तन्ना, सल, दरी, मोजा, मफलर, टोपी, व्याङ्केटहरु वहाँले दानस्वरुप नगरप्रमुख घन नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुहुँदै सहयोग गर्नुभएको हो । साथै वहाँले आफ्ना पिता धन प्रसाद पँगेनीको स्मृतिमा सो परिसरमा विवाह मण्डपको निर्माण गरिदिने वचनवद्धता समेत व्यक्त गर्नुभएको छ ।

  

यसअघि जिल्ला विकास समितिको सहयोगमा कृष्णमन्दिर परिसरमा निजानन्द वृद्धाश्रम बनेको र हाल उक्त चारकोठे भवन प्रयोगविहीन भैरहेको अवस्थामा पुस्तकालय समेत स्थापना गरिएको हो । 

आज एक कार्यक्रमका बीच नगरप्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा पुस्तकालयको शुरुवात गरिएको हो । 

साथै आउने पाहुनाहरुको लागि पनि आवासिय कार्यक्रम यथावत रहेको कृष्ण प्रणामी संस्थाका केन्द्रिय सदस्य नगेन्द्र खड्काले बताउनुभयो । 

२ सय ७५ धार्मिक तथा साहित्यिक, कृषि, पशुपालन सम्बन्धी पुस्तकहरुबाट शुरु गरिएको पुस्तकालयमा पुस्तकहरुको संख्या पाठकहरुको रुची अनुरुप बढाउँदै लगिने खड्काले बताउनुभएको हो  । समाज कल्याण केन्द्रका प्रशासन प्रमुख कृष्ण कँडेल, समाजसेवी सुरेस पन्थ र पुस्तक व्यावसायी राजु शर्मालाई पुस्तकालयको व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरियो । 

नन्दराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्य र समाजसेवी विद्या प्रसाद खनालको विशेष आतिथ्यतामा सम्पन्न गरिएको हो ।


कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ