प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित ग"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

वृद्धाश्रम बन्यो पुस्तकालय : १ लाख बढीको दान, कति राम्रो काम !

१ बैशाख २०७५, शनिबार ११:२०

प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित गरिएको छ । 

यसरी रुपान्तरित गरिएतापनि अतिथि तथा जेष्ठ नागरिकका लागि भने केही कोठा छुट्टाइएको छ । 

स्थानीय समाजसेवी महेन्द्र पँगेनीले करीब १ लाख मूल्य बराबरका न्यानो कपडाहरु  जेष्ठ नागरिकहरुका लागि सो अवसरमा दान समेत गर्नुभएको हो । 

ठाकुरबाबा नगरपालिका वडा नं. १ मा रहेको आश्रमका लागि कम्मल, तन्ना, सल, दरी, मोजा, मफलर, टोपी, व्याङ्केटहरु वहाँले दानस्वरुप नगरप्रमुख घन नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुहुँदै सहयोग गर्नुभएको हो । साथै वहाँले आफ्ना पिता धन प्रसाद पँगेनीको स्मृतिमा सो परिसरमा विवाह मण्डपको निर्माण गरिदिने वचनवद्धता समेत व्यक्त गर्नुभएको छ ।

  

यसअघि जिल्ला विकास समितिको सहयोगमा कृष्णमन्दिर परिसरमा निजानन्द वृद्धाश्रम बनेको र हाल उक्त चारकोठे भवन प्रयोगविहीन भैरहेको अवस्थामा पुस्तकालय समेत स्थापना गरिएको हो । 

आज एक कार्यक्रमका बीच नगरप्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा पुस्तकालयको शुरुवात गरिएको हो । 

साथै आउने पाहुनाहरुको लागि पनि आवासिय कार्यक्रम यथावत रहेको कृष्ण प्रणामी संस्थाका केन्द्रिय सदस्य नगेन्द्र खड्काले बताउनुभयो । 

२ सय ७५ धार्मिक तथा साहित्यिक, कृषि, पशुपालन सम्बन्धी पुस्तकहरुबाट शुरु गरिएको पुस्तकालयमा पुस्तकहरुको संख्या पाठकहरुको रुची अनुरुप बढाउँदै लगिने खड्काले बताउनुभएको हो  । समाज कल्याण केन्द्रका प्रशासन प्रमुख कृष्ण कँडेल, समाजसेवी सुरेस पन्थ र पुस्तक व्यावसायी राजु शर्मालाई पुस्तकालयको व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरियो । 

नन्दराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्य र समाजसेवी विद्या प्रसाद खनालको विशेष आतिथ्यतामा सम्पन्न गरिएको हो ।


कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान