2026-07-27 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा २ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

वैशाख ३ दाङ | सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । 

विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ । 

जिल्लामा रहेका दुई हजारभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन भएको शिक्षा विकास एवं समन्वय इकाइका शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा अहिले भर्ना अभियान सञ्चालन भइरहेको छ । 

गत वर्ष जिल्लामा दुई हजार २०० भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा अहिले उक्त संख्यालाई घटाउने लक्ष्य लिइएको मैनालीले जानकारी दिनुभयो । उक्त संख्यालाई घटाउन र विद्यालयमा भर्ना गर्नका लागि जिल्लाका सरोकारवाला निकायसँग छलफलसमेत गरेको मैनालीले जानकारी दिनुभयो । 

सबै अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न सचेत रहेको बताउँदै शिक्षा अधिकारी मैनालीले सडक बालबालिका, अभिभावक नभएका, अन्य आफन्तकोमा बस्ने बालबालिकालाई विद्यालयमा भर्ना गर्न नसकिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो