2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा सुविधा सम्पन्न कक्षा कोठा निर्माण

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | कक्षा कोठा नभएर घाम लागेको बेला खेल मैदानमा, पानी परेको बेला अटाई नअटाई २ वटा कक्षाका विद्यार्थी एकै कक्षा कोठामा बस्ने समस्या हुम्लाका अधिकाँश विद्यालयको अवस्था नै हो । जसको कारणले विद्यार्थीलाई पठनपाठनमा समस्या हुँदै आएको छ । भएका भवन पनि जिर्ण हुनु, अनि घाम पानी छेक्न त परै जाओस् दुलो परेका पर्खाल, झ्याल र ढोका नभएका भवनमा हुम्लाका विद्यार्थीको शिक्षा अगाडी बढिरहेको छ ।

हरेक वर्ष नेपाल सरकारले २० देखी ३० वटा नयाँ कक्षा कोठा निर्माणको लागि हुम्ला जिल्लामा रकम अनुदान पठाउने गरेको भएता पनि यो अपुग हुँदै गएको छ । हावाहुरी, मौसमी प्रकुलताको कारण हरेक वर्ष धेरै विद्यालयले आफुसँग भएको मौजुदा भवन गुमाउनु परेको छ । गत वर्ष हुम्लाका ७ वटा सामुदायिक विद्यालयका भवन हावाहुरीको कारण जस्तापाता उडाएर समस्या बनाएको थियो । हवाई ढुवानीको कारण हरेक निर्माण सामान महँगो हुनुको कारण यहाँको विद्यालयको निर्माण पनि प्रभावित हुने गरेको छ । विद्यालयको पठन पाठनलाई समस्या नहोस् र आधुनिक बालमैत्री कक्षा कोठा निर्माण भई सहज होस् भन्नको लागि सामुदायिक विकास कार्यक्रम हुम्लाले यस वर्ष ३ कोठे भवन निर्माण गरिरहेको छ । 

हुम्लाका १० वटा विभिन्न तहका विद्यालय सामुदायिक विकास कार्यक्रमले सुविधा सम्पन्न कक्षाकोठा बनाई विद्यालयलाई हस्तान्तरण गरेको छ । कुल १ करोड ९७ लाख ८७ हजार ५ सय ५१ रकम कार्यलयको तर्फबाट र १५ लाख ६५ हजार १सय ४४ गरी कुल २ करोड १३ लाख ४३ हजार ९सय ९५ रुपैयाँ विद्यँलय निर्माणमा खर्च भएको कार्यक्रमका संयोजक राजबहादुर रोकायाले जानकारी दिनु भयो । 

कक्षा कोठा निर्माण पछि ४ सय ६२ छात्र र ४ सय १९ छात्रा प्रत्यक्ष लाभाविन्त समेत भएका छन् । साथै फलामबाट बनेका हरेक विदालय भवनलाई ३० सेट डेस्क र बेन्च समे प्रदान गरिएको छ । विद्यालय भवन नहुँदा ढुँगामा विद्यार्थीलाई बसाएर पढाउनु पर्ने अवस्था रहेको भएता पनि विद्यालयको भवन बन्दा हाल सहज भएको मान्धारा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो । विद्यालयमा फर्निचर नहुँदा कोही विद्यार्थी झ्यालमा बस्नु परेको त कोही भुईमा बस्नु पर्ने बाध्यता रहेको थियो । भएका फर्निचरको खोसाखोसले विद्यार्थी माझ द्धन्द्ध समेत सिर्जना हुने गरको भएता पनि हाल फर्निचर प्रयाप्त सहयोग सामुदायिक कार्यक्तमले गर्दा बस्नको लागि समस्या नभएको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनु भयो ।

कक्षाकोठा मात्र होईन सिमिकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले कक्षाकोठाको भवन अगाडी व्यवसायिक कोठा निर्माण गरी भाडामा दिएर मासिक २९ हजार समेत आम्दानी गरिरहेको छ । जसको कारण विद्यालयको १ जना शिक्षकलाई तलव भत्ता समेत खुवाउन सफल भएको छ । जिल्लाका सिमिकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली र अदानचुली गाउँपालिकामा यस्ता खालका सुविधा सम्पन्न भवन निर्माण गरिँदा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहज हुँदै आएको छ । 

जिल्लामा रहेका कुनै पनि विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन नहुँदा विदार्थीले पठनपाठनको वातावरण पाउन नसकेको बेला यस्ता खालका कक्षाकोठाले निकै टेवा पुर्याउँदै आएको छ । आगामी आर्थिक वर्षमा यस्ता खालका कक्षाकोठाको निर्माण गरी सामुदायिक विद्यालयलाई विद्यार्थीमैत्री बनाउनको लागि लागि पर्ने संयोजक राजबहादुर रोकायाको छ । हाल देशको नयाँ संरचना भए पछि हाल जिल्लाका ७ वटा गाउँपालिकाले विद्यालयको वृत्ती विकासको लागि कुनै काम गर्न सकेका छैनन् । यो वर्ष कुन शिर्षकमा के कस्तो खालको रकम आएको छ भन्ने बारेमा थाहा पाउँदै गएको यहाँका जनप्रतिनिधीको रहेको छ । शिक्षा क्षेत्रमा शिक्षकको तलवभत्ता निकाशा गर्नु बाहेक कुनै खालको  नयाँ परिवर्तन गरि प्रतिफल दिने खालका कार्यक्रम नहुँदा शिक्षा क्षेत्र प्रभावित हुँदै आएको छ । स्थानिय तह अन्तरगत रहेका विद्यालयमा समेत अनुगमन नहुँदा विद्यालयमा शिक्षक अनुपस्थित हुँदा समस्या हुने गरेको छ ।

क्याप्सन: हुम्लाका सामुदायिक विद्यालयमा निर्माण भएका सुविधासम्पन्न ३ कोठे भवन । तश्विर: रेशमराज रोकाया/ सास/ हुम्ला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले