Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०४ गते, दिउँसो १२:२२ बजे धादिङ्ग - DHG, समाज

धादिङमा करेन्ट लागेर ७ जना घाइते, १ गम्भीर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ४ धादिङ | </b>थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन् ।&nbsp;<br></p><p>बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।&nbsp;</p><p>इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा जिल्ला निवासी मिक्की तामाङ तथा धादिङ, थाँक्रे गाउँपालिका–६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कुलू, सुरेश कुलू, माइली तामाङ र गौतम तामाङ घाइते भएकामा पाँच जनाको ट्रमा सेन्टर र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते तामाङको अवस्था गम्भीर छ । रासस</p>