२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा दुर्घटनामा शिक्षकको मृत्यु, सुतेकै अवस्थामा कामदारको मृत्यु

५ बैशाख २०७५, बुधबार ०२:५६

बैशाख ५, मलेखु | (रासस) | धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ । 

सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते हुनुभएको छ । बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो । 

टिपरको ठक्करबाट मोटरसाइकल सडकमा पल्टिँदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाइकल चालक ओझा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । घाइते ओझालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । 

मजदूरको मृत्यु 

यसैगरी, दक्षिणी धादिङको धुनीबेँशी नगरपालिका–६ स्थित इँटाभट्टामा मंगलबार एक मजदूरको मृत्यु भएको छ । 

कालिका इँटा उद्योगमा काम गर्ने मजदूर बाँके जिल्ला निवासी ५५ वर्षीय मुन्ची चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो । 

इँटाभट्टामा सुतेको अवस्थामा मृत्यु भएको अवस्थामा फेला परेकाले अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य