2026-09-19 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवाको विकाससँगै सुरक्षा व्यवस्था थप मजबुत बन्दै

वैशाख ५, रसुवा (रासस) | सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ । 

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक/एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ । 

स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका कारण प्रहरीचौकीमा सुरक्षा जनशक्ति अपुग भएमा जिल्लास्तरबाट तुरुन्तै थप मद्दत पठाउनसमेत सहज हुँदै गएको बताइएको छ । 

रसुवामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ११ प्रहरीचौकी रहेका र जनघनत्व संवेदनशीलतालाई मध्यनजर राखी यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 

पर्यटकीय क्षेत्र लाङटाङ, थुमन र टाकु प्रहरी चौकीमा भने सडक सञ्जालले छुन बाँकी रहेको छ । 

यस्तै, नेपाल–चीन केरुङ व्यापारका लागि बढ्ने सवारी चापलाई छुट्टै सवारी व्यवस्थापनका ट्राफिक एकाइ र लाङटाङ जाने पर्यटकका लागि स्याफ्रुबेँशी र टिमुरे रसुवागढी क्षेत्रमा तैनाथ रहेको र पर्यटक प्रहरीले लाङटाङ तथा गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा पदयात्रा गर्ने पर्यटकको सुरक्षामा केन्द्रित रहेको प्रहरी प्रमुख थापाले बताउनुभयो । 

सीमा क्षेत्रको भन्सार एवं अन्तर्राष्ट्रिय सीमा क्षेत्र र निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको सुरक्षामा सशस्त्र प्रहरी बल र लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना तैनाथ रहेको सुरक्षा निकायले बताएको छ । 

हाल लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेना कालीजंग गणले वन, वनस्पति, वन्यजन्तु संरक्षणको साथै आवश्यकताअनुसार सामाजिक कार्यमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

यसैगरी, नेपाल–चीनबीचको रसुवागढी नाका क्षेत्रको टिमुरेलगायतका आसपास क्षेत्रमा सिसी क्यामरा जडान भएपछि गैरकानूनी क्रियाकलापको निगरानी राख्न अत्यन्तै सहज भएको र अब सामान जाँच गर्ने उपकरणको व्यवस्था हुन पनि सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई