२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतको देउती बज्यै मन्दिरलाई व्यवस्थित गर्न महायज्ञ लगाईदै

२०७५, ५ बैशाख बुधबार १६:०३

वैशाख ५, सुर्खेत | सुर्खेतको चर्चित धार्मिकस्थल देउती बज्यै मन्दिरको व्यवस्थापन गर्न देउती बज्यै विराट धनधान्य महायज्ञ सञ्चालन हुने भएको छ । यही बैशाख ७ गतेदेखी देउती बज्यै मन्दिर परिसरमा महायज्ञ सञ्चालन गर्न तयारी पूरा भएको हो ।

देउती बज्यै परिसरलाई आगामी ५ वर्षभित्र व्यवस्थित बनाउने उदेश्यले महायज्ञको सञ्चालन गर्न लागिएको मुल आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । उनले पुराना सम्पदाहरु व्यवस्थित गर्दै नयाँ सोचका साथ मन्दिरहरुको पुनर्निमाण गर्न महायज्ञ सञ्चालन गर्न लागेको बताए ।

गुरुयोजना अनुसार मन्दिर परिसरमा स्नान गृह, आश्रम, बगैँचा, सफा शौचालय, कुण्ड, विश्रामस्थल, पानी  र थप केही मन्दिरहरु निर्माण गरिने छ । मन्दिर व्यवस्थापनको लागि करिब ५ लाख ३३ हजार रकम संकलन भएको छ भने विभिन्न व्यक्तिहरुले ८ लाख ८ हजार रकम प्रदान गर्ने प्रतिबद्घता समेत जनाएको गिरीले बताए । महायज्ञ सञ्चालनको लागी झन्डै १२ लाख खर्च लाग्ने अनुमान गिरीको छ ।

गुरुयोजना अनुसार निर्माण हुने देउतीबज्यै मन्दिरको सम्पुर्ण पुर्वाधार निर्माणको लागत ५ करोड लाग्ने अनुमान छ । धार्मिक एबम पर्टकीय स्थलका रुपमा रहेको गंगामाला देउती बज्यै मन्दिरमा अहिले गुरुयोजना अनुसार काम भईहरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले सरसफाई तथा अन्य काम निर्माणको काम श्रमदानमा गरिरहेको छन् । महायज्ञको उद्घाटन बैशाख ७ गते दिउँसो १ बजे कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गर्ने कार्य तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी