२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

७ बैशाख २०७५, शुक्रबार ०७:२२

भक्तपुर, ७ वैशाख | भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । 

आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो रहेको बताइएको छ । 

विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो । 

नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय पाठ्यक्रम निर्माण कार्य दलले निर्माण गरेको पाठ्यक्रम नगरभित्रका विद्यालयमा यसै शैक्षिक शत्रदेखि लागू गरिएको जानकारी दिनुभयो । 

भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको उल्लेख गर्दै प्रमुख प्रजापतिले आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन र स्थानीय पाठ्यक्रम निर्माण गर्ने विषयमा भक्तपुर अगाडि रहेको बताउनुभयो । 

पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले भक्तपुरको पहिचानलाई कायम राख्दै स्थानीय ज्ञान, सीप र धारणालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रमले निकै सहयोग पु¥याउने बताउनुभयो । 

पाठ्यक्रम निर्माणको क्रममा कार्यदलले ख्वपको नामकरण र भूबनोट, ख्वपको इतिहास, स्थानीय जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय संस्कृति, प्रचलित स्थानीय संस्कार, स्थानीय बोलचाली र लिपी, स्थानीय सम्पदा र कला, स्थानीय व्यवसाय, स्थानीय उपचार विधि, स्थानीय खेल र पर्यटन गरी ११ वटा विषय समेटेर पाठ्यक्रम निर्माण गरेको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य