2026-09-19 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

वैशाख ८, पर्बत (रासस) | झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । 

राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ । करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ । उक्त सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ । 

करिडोरकै अर्को खण्ड छिमेकी जिल्ला बागलुङ हुँदै खनिएपछि ओझेलमा परेको पर्वत खण्डले चालु आवमा आएर पूर्णता पाउने भएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । आफ्नो लामो समयको प्रयासपछि उक्त बजेट विनियोजन गर्न सफल भएको बताउँदै उहाँले अब यसलाई सम्पन्न गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । 

यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त करिडोर १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नालीसेतु निर्माणजस्ता काम चालु आवभित्रै सक्नेगरी काम भइरहेको छ । सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले जतिसक्दो छिटो सम्झौताबमोजिम काम गर्नेगरी जनशक्ति परिचालन गरिएको जनाएको छ । 

उक्त सडकको हालै प्रदेशमन्त्री लम्सालले शुभारम्भ गर्दै भारतबाट चीनको कोरला नाका जोडिएकाले सो सडक यस क्षेत्रको विकासका लागि मेरुदण्ड भएको बताउनुभयो । करिडोर निर्माणपछि यस क्षेत्रको ग्रामीण भेगका आर्थिकरूपले पछाडि परेका नागरिकको दैनिकीमा थप सुधार हुनाका साथै गरीबी निवारणमा सहयोग पुग्ने मन्त्री लम्सालको भनाइ छ । 

“यो करिडोरले हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्छ”, मन्त्री लम्सालले भन्नुभयोे, “यसले गर्दा पर्यटक हिँड्ने बाटो भनेको यहीँ हुनेछ ।” स्याङ्जाको मिर्मीदेखि पर्वतको अर्मादीसम्मको कूल ५४ किमी सडकखण्डमध्ये अब झण्डै सात किमी मात्रै खुल्न बाँकी छ । पर्वत खण्ड बागलुङ खण्डभन्दा झण्डै ३० किमी छोटो हुने भएकाले यस क्षेत्रबाट सवारी आवतजावत बढी हुने स्थानीयवासीको विश्वास छ । 

त्यस्तै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले टेवा पुर्याउने देखिन्छ । कालीगण्डकी करिडोरको पर्वत खण्डबाट जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । अलपत्र करिडोरको काम सञ्चालन भएपछि दक्षिण पर्वतको बिहादी गाउँपालिकाका बासिन्दा अझै बढी हर्षित बनेका छन् । बाटो बनेपछि उनीहरु सहजरुपमा सदरमुकाम आवतजावत गर्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई