2026-09-04 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश बस्ने नेपालीलाई इमेलबाटै पुलिस रिपोर्ट उपलब्ध गराईने

बैशाख ११,काठमाडौं । विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक परेमा प्रहरी चारित्रिक प्रमाणपत्र इमेलबाटै उपलब्ध गराइने भएको छ ।  विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्तीमार्फत दिएको छ ।

कसरी लिने सेवा 

विदेशमा आवश्यक पर्ने प्रहरी चारीत्रिक प्रमाणपत्र सहज रुपमा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय चालचलन शाखाको इमेल [email protected]  मार्फत आवश्यक कागजात सहित आवेदन दर्ता गरी सम्बन्धित ब्यक्तिको इमेल मार्फत नै प्रहरी चालचलनको प्रमाण–पत्र विदेशमा नै उपलब्ध गराउने गरी इमेल सेवा सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पुलिस रिपोर्टको लागि दुईवटा केन्द्र थप

प्रहरी प्रधान कार्यालयले पुलिस रिपोर्टको फारम संकलन गर्नका लागि काठमाडौं उपत्यकामा दुईवटा केन्द्र थप गरेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार अब महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत्त गौशालामा पनि पुलिस रिपोर्टका लागी फारम बुझाउन र रिपोर्ट लिन सकिनेछ ।

यसअघि काठमाडौं उपत्याकाका चार स्थान महानगरीय प्रहरी कार्यालय रानिपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पुलिस रिपोर्टको फारम संकलन र वितरण हुँदै आएको थियो ।

उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय नेपालगञ्ज र संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट पुलिस रिपोर्ट वितरण हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ