पढ्न करिब 1 मिनेट लाग्छ

सास । बैशाख ११, बर्दिया ।

आगामी दुई वर्षे कार्यकालको लागि बर्दिया जिल्ल्ला अदालत बार एसोसियशन गुलरिया, बर्दियाको नयाँ कार्यसमितिमा देवीदत्त देवकोटाको अध्यक्षतामा रहेको प्रजातान्त्रिक व्यवसायी संघ (डिएलए) प्यानलले विजय प्राप्त गरेको छ ।

कूल ७९ जना मतदाताहरु रहेको बर्दिया बारको यो १४अौं नेतृत्वको उपाध्यक्षमा खडानन्द तिवारी, सचिव लक्ष्मी नेपाल, कोषध्यक्षमा इतवारी चौधरी रहनुभएको छ भने सदस्यहरुमा ईश्वरी प्रसाद रेग्मी, गोपाल प्रसाद रेग्मी, विश्वनाथ श्रेष्ठ, धर्मराज घर्ती, कमल प्रसाद गुप्ता, टंकनाथ दाहाल विजयी हुनुभएको छ भने पार्षदमा राधेश्याम थारु, होमप्रसाद न्यौपाने, काशिराम चौधरी र संजिव कुमार कर्ण विजयी हुनभएको हो ।

नयाँ नेतृत्व चयनका लागि बर्दिया जिल्ला अदालत परिसरमा आज मतदान प्रकृया सम्पन्न गरी आजै नतिजा सार्वजनिक गरिएको हो ।