२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा मृत्यु भएका ६३३ मध्ये १०५ आत्महत्या ! किन गर्छन विदेशमा आत्महत्या ?

२०७५, १२ बैशाख बुधबार ०१:१०

वैशाख १२, काठमाडौं | विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ । 

वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् । कामदारको ज्यान लिने दोस्रो कारण प्राकृतिक मृत्यु रहेको छ । यसअवधिमा प्राकृतिक कारणले ज्यान गुमाउने कामदारको संख्या एक सय पुगेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा जुनसूकै कारणले मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले सातलाख रुपैयाँ राहत र बिमा कम्पनीले १५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउँछन् ।

वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने क्रम बढ्नुलाई क्षतिपूर्ति रकम बृद्धिले प्रोत्साहन गरेको त होइन भन्ने प्रश्न पनि गर्न थालिएको छ । बोर्डकी आप्रवासन स्रोत केन्द्र संयोजक पुनम थपलिया वैदेशिक रोजगारीमा जाने बेला युवाले ठूलो रकम ऋण लिने र त्यो तिर्ने पारिश्रमिक नपाउँदा आत्महत्याका घटना बढेका हुन सक्ने ठान्छिन् । – नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण