२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रित्तियो बागलुङ गोठथरी

२०७५, १२ बैशाख बुधबार ११:१८

रामबहादुर थापा/वैशाख १२ बागलुङ | कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । 

पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । 

खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक भने गोठथरीसँग लोभिएका छन् । 

गलकोट नगरपालिका–४ निलुवास्थित गोठथरीको चित्र पनि ठीक यस्तै छ । किन एक्लो भयो गोठथरी ? किन बिर्सिए मानिसले ? यो मात्र होइन, पुस्तौँदेखि गोठाला र किसानसँग साइनो गाँसेका गोठथरी अहिले नाम मात्रमा सीमित छन् । कतिपय गोठथरी त किसानको स्मृतिबाट हराइसके । 

खरले छाएको गोठ, अघिल्तिर बारी, पशुलाई चरन, नजिकमा घाँसदाउरा गर्ने जंगल यही हो गोठथरीको चिनारी । निलुवामा मात्र ६० भन्दा बढी किसानको एक हजार ५०० रोपनी बारी अहिले बाँझै छ । 

दर्जनौँ गोठ जीर्ण अवस्थामा छन् । केहीलाई पर्यटनसँग जोड्न संरक्षण गरिएको छ । मकै, जौ, आलु, लसुन फल्ने बारीमा अहिले घाँसको जंगल छ । खेती गर्ने कोही नभएपछि चाक्ला बारी खरबारीमा परिणत भएका छन् । हिजोआज गोठथरी पुग्दा बैराग लाग्ने गरेको किसान थमबहादुर क्षेत्रीले बताउनुभयो । 

“खेती किसानी छोडेपछि गोठथरीको महत्व हरायो,” उहाँले भन्नुभयो, “सबै सुविधाभोगी भए ।” पहिले वर्षको दुई याममा पशुचौपायासहित गाउँले गोठथरी जाने गरेको उहाँले सम्झनुभयो । बेशीबाट फागुनमा गोठ गएपछि असारमा झर्ने र पुनः भदौमा गएर कात्तिकमा झर्ने चलन थियो । 

किसान गोठथरी जानेलाई गोठ र लेक जाने भनेर पनि भन्ने गर्थे । वर्षायाममा पोसिलो घाँस, बुट्यान पाइने हुँदा किसान गाईभैँसी र बाख्रा लगेर गोठ जाने गर्थे । लेक गएकै बेलामा वर्षभरिलाई हुने दाउराको जोहोसमेत हुने गथ्र्यौं । ५० वर्षीया सावित्रा क्षेत्रीले पनि सानोमा गोठ जाँदाको अनुभव सुनाउनुभयो । 

“गोठ जाँदा घाँस, दाउरा र खेतीपातीमा व्यस्त भइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त सबैले काम गर्न छोडे ।” लेकको त कुरै छोडौँ तल बेशीमै रहेका खेतबारी पनि बाँझै पल्टिएको तीतो यथार्थ हाम्रासामु छ । 

वैदेशिक रोजगार, बजारमा निर्भरता, सुविधाभोगी जीवन आदि कारणले कृषिमा आकर्षण घटेको हो । 

वडा नं ४ का अध्यक्ष बलबहादुर खत्रीले निलुवामा कृषिको नयाँ योजना ल्याउन पहल गर्ने बताउनुभयो । “यत्रो खेतीयोग्य जमिन बाँझै छ,” उहाँले भन्नुभयो, “यसको सही सदुपयोग हुन सके ठूलो लाभ लिन सकिन्छ ।” 

तरकारी, गेडागुडी या अन्य कुनै नगदेबालीका लागि निलुवा उपयुक्त रहेको उहाँको भनाइ छ । वर्षायाममा प्रशस्त पानी पुग्ने भए पनि हिउँदमा भने सिँचाइ र खानेपानी दुवैको अभाव छ । निलुवामा खानेपानी, सडकलगायत पूर्वाधार विकासको काम पनि भइरहेको छ । 

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ । निलुवालाई पुरानै अवस्थामा फर्काउन नसके पनि भएका संरचना र स्वरुपलाई जोगाइने केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । 

केन्द्रले अघिल्लो महिना निलुवामै मह शिकार महोत्सवको समेत आयोजना गरेको थियो । बागलुङ सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित निलुवा पर्यटकीय गन्तव्यका रुपमा चिनिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा