2026-10-31 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा सडकनै नपुगेका ठाउँमा मोटरसाइकललाई भुक्तानी, देउडा गाउनेलाई ८० हजार

कालिकोट १२ बैशाख । महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनअनुसार कालिकोटका साविकका गाउँ विकास समितिहरूले एउटै फोटो देखाएर तीनवटा योजनाको भुक्तानी दिएको र दान गरेको जग्गाको मुल्य तिरेको देखाएको छ । स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को विपरित गाउँ विकास समितिहरूले खर्च गरेका हुन् ।साविकका गाबिसहरू खारेज भइसकेका र गाउँपालिका नगरपालिका बनिसकेपछि बिभिन्न आर्थिक अनियमिता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सडकनै नभएको गाउँपालिका मोटरसाईकल

जिल्लाको नरहरिनाथ गाउँपालिकाले मोटरसाइकल कालो पल्सर १ थान नेपाल ट्रेड च्यानल सुर्खेतबाट २ लाख ४३ हजार ३ सयमा खरिद गरेको प्रतिवेदन उल्लेख गरिएको छ । नरहरिनाथ गाउँपालिकामा अहिले पनि सडक नपुगेको त्यो मोटरसाइकल खरिद गर्न उपयुक्त नभएको स्थानीय रामबहादुर बटालाले बताए । “उक्त मोटरसाइकल हालसम्म कार्यालयको नाममा दर्ता गरी व्लुबुक समेत लिएको छैन,” उनले भने, “यो सडक नपुगेको ठाउँमा मोटरसाइकल नै आवश्यक थिएन ।”

देउडा गाएवापत ८० हजार पारिश्रमिक

जिल्लाको नरहरिनाथ गाउँपालिका तत्कालिन लालु गाविसले पूर्ण खोपयुक्त जिल्ला घोषणाको लागी परिषद्बाट स्वीकृत कार्यक्रम र कार्य तालिका बेगर डेउडा गाए वापत एक जना व्यक्तिलाई ८० हजार भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरेको छ ।

एउटै फोटो राखेर ३ योजनाको भुक्तानी

स्वास्थ्य चौकी रुप्सामा खानेपानी धारा निर्माणको लागी रुप्सा स्वास्थ्य चौकीलाई १ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको मा अन्य ३ वटा गाउँ विकास समितिका कार्यालयहरूले समेत सोही फोटो राखी ४ लाख ६७ हजार भुक्तानी दिएको उल्लेख गरिएको प्रतिवेदन उल्लेख गरिएको छ ।

स्थानीय निकाय खारेज हुने अवस्थामा रहेको बेला स्थानीय तह गठन भईसकेको अवस्थामा छानविन नै नगरि जथाभावी स्थानीय तहको बजेट खर्च गर्ने काम भएको र त्यसको छानविन हुनुपर्ने नागरिक समाजका अगुवा अम्मलबहादुर शाहीले बताए । ‘स्थानीय निकाय खारेज भएको र स्थानीय तह सक्रिय भइ नसकेको अव्सथामा व्यापक अनियमिता भएको आंशका गरिएको छm यस सम्वन्धमा छानविन गरी एकिन गरिनु पर्दछ । यसरी एकै धाराको फोटो राखी भुक्तानी दिएको नियमसम्मत नै छैन,’ उनले भने ।

दान दिएको जग्गाको समेत भुक्तानी

हालको तिलागुफा नगरपालिका भित्र पर्ने जुविथा स्वास्थ्य चौकीको जग्गा खरिद २०७१ बैशाख ७ गते स्वास्थ्य चौकी जुविथाले जग्गा खरीद गरेको र सो जग्गा खरीदको भुक्तानी बाँकी समेत नभएको अवस्थामा तत्कालिन गाउँ विकास समितिले २०७४ असार १८ गते उक्त जग्गाको लाल पुर्जा पेश गरी जग्गा खरीद गर्न भनि १ लाख २० हजार भुक्तानी दिएको छ । तर, त्यो जग्गा स्थानीयले निःशुल्क दान दिएका थिए ।

त्यस्तै, कार्यालयको गाउँपरिषद्को निर्णयअनुसार स्वास्थ्य चौकी फाइमहादेव र गा.वि.स. भवन फोइमहादेवका लागि जग्गा क्षेत्रफल ००९००, ००७६५, ००१०४५ वर्ग्मिटरको जग्गा स्थानीय कर्ण्जित बुढा, बलबहादुर बुढा, रणबहादुर बुढा र बिर्खबहादुर बुढाबाट खरीद गरी ४ लाख खरिद गरी तत्कालिन फाइमहादेव गाविसले भुक्तानी दिएको भएपनि जिल्ला मालपोत कार्यालय कालिकोटको अभिलेख अनुसार उक्त जग्गा २०७३ भदौ १३ गते बिर्खबहादुर बुढा र.न. १८१ र २०७२ साल असार १४ गते रणबहादुर बुढा र.न.४२४, कर्णबहादुर बुढा र.न.४२५, बल बहादुर बुढा र.न.४२६ बाट, दानपत्रमा निःशुल्क दान दिएको अभिलेख रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय