Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रुकुममा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १३ रुकुम | रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ । रासस