2026-06-16 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा ७८ करोड २६ लाख ठगीको मागदावी

बैशाख १३,काठमाडौँ । बैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगि नियन्त्रणमा हुनुको सट्टा बढ्दै गएको देखिएको छ । नियामक निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको भूमिका कमजोर हुँदा ठगिका घटना झन् बढ्दै गएको विभागकै रेकर्डले पुष्टी गरेको छ ।

विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको चैत्र मसान्तसम्मको ठगी उजुरीको विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ५ सय ८७ उजुरीमा ७८  करोड २६  लाख ५२ हजार ९ सय ९६ रुपैयाँ माग दावी देखिएको हो । 

विभागले २३  करोड ३५  लाख ३२ हजार १ सय २ रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा १ सय ७४ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । विभागले दायर गरेको यो व्यक्तिगत परेका उजुरी मात्र हुन् । संस्थागत अर्थात् म्यानपावर कम्पनीलाई भने विभागले कुनै मुद्दा दायर गरेको छैन।

चैत्र महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ५ सय ८७ उजुरी परेकोमा ८ सय ७४ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय ५६  र संस्थागत अर्थात् म्यानपावरतर्फ ७  सय १८  वटा उजुरीहरु रहेका छन् । विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ४२ करोड ४९ लाख ७ हजार ९ सय ८७  र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ १९ करोड ८६ लाख २४ हजार ३ सय ९८  रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी देखिन्छ ।  

हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ १०० वटा उजुरी पर्दा व्यक्तिगत १०४  वटा उजुरी परेका छन् ।  फागुनमा व्यक्तिगततर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १७  उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरिएको छैन। विभागमा उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्ने हुनाले म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर नभएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन