२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भिमदत्त नगरपालिकाको टिप्परको दुरुपयोग, टिप्पर नियन्त्रमा

१३ बैशाख २०७५, बिहीबार ०७:२०

भास्कर के.सी/वैशाख १३ कञ्चनपुर | कञ्चनपुर जिल्लामा रहेको भिमदत्त नगरपालिकाको टिप्परको व्यक्तिगत प्रयोजनमा प्रयोग गरेर दुरुपयोग गरेको पाईएको छ ।

भिमदत्त नगरपालिकाको म.१ग २८ नम्वरको टिप्पर भिमदत्त नगरपालिकाका स्टोर किपर सेर वहादुर भण्डारीको भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको घडेरीमा बालुवा र गिट्टी फाल्दै गरेको अवस्थामा कञ्चनपुरका अनेरास्ववियु क्रान्तिकारी, वाईसियल र स्थानिय बासीन्दाले नियन्त्रमा लिएका छन ।


हर्क वहादुर डगौरा टिप्परका चालक रहेका छन । 

टिप्परका चालक हर्क वहादुर डगौराले हिजो साँझ विष्णु मन्दिरबाट फोहार भएको ठाँउमा फाल्ने भनेर ल्याएको तर भण्डारीको घडेरीमा फाल्ने भनेर थाहा नपाएको बताए । अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बिरेन्द्रराज विष्टले भने जनताका सडकमा ग्राभिल नफाल्ने तर नगरपालिकाको कर्मचारी हुदैमा आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाईने भन्दै आफुहरुले टिप्पर नियन्त्रमा लिएको बताए । 

यो एकदमै गलत कुरा हो, जनताले निर्वाचित जनप्रतिनिधी पठाउदा पनि उनिहरुकै निर्देशनमा टिप्परको दुरुपयोग भएको भन्दै त्यसको विरोध गरेको र यस्तो काम गरेमा आफ्नो संगठनले कडा प्रतिबाद गर्ने र यो टिप्परलाई नगर प्रमुख र प्रहरीको सरोहरमा छोडिने पनि जनाए । वाईसियलका सह इन्चार्ज रधुविर धामीले भने यसरी टिप्परको व्यक्तिगत रुपमा प्रयोग गरीनु गलत भएको भन्दै स्थानिय सरकारले जनताको काममा लाग्नु पर्ने बताए ।

ग्राभिल समितिको साधन स्रोत समितिका संयोजक भिम साउदले यदि कसैले यसरी दुरुपयोग गरेको पाइएमा कारबाही गरीने र यो घटनाको बारेमा थप अनुसन्धान गरेर कारबाही गरीने जनाए । यसरी विकास निर्माणका प्रयोग गरीने सरकारी साधन स्रोतको दुरुपयोग गरेको पाइएमा कारबाही गर्नु र अनुगमन जरुरी रहेको स्थानिय बासिन्दाले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की