पढ्न करिब 2 मिनेट लाग्छ

भास्कर के.सी/वैशाख १३ कञ्चनपुर | कञ्चनपुर जिल्लामा रहेको भिमदत्त नगरपालिकाको टिप्परको व्यक्तिगत प्रयोजनमा प्रयोग गरेर दुरुपयोग गरेको पाईएको छ ।

भिमदत्त नगरपालिकाको म.१ग २८ नम्वरको टिप्पर भिमदत्त नगरपालिकाका स्टोर किपर सेर वहादुर भण्डारीको भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको घडेरीमा बालुवा र गिट्टी फाल्दै गरेको अवस्थामा कञ्चनपुरका अनेरास्ववियु क्रान्तिकारी, वाईसियल र स्थानिय बासीन्दाले नियन्त्रमा लिएका छन ।

हर्क वहादुर डगौरा टिप्परका चालक रहेका छन ।

टिप्परका चालक हर्क वहादुर डगौराले हिजो साँझ विष्णु मन्दिरबाट फोहार भएको ठाँउमा फाल्ने भनेर ल्याएको तर भण्डारीको घडेरीमा फाल्ने भनेर थाहा नपाएको बताए । अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बिरेन्द्रराज विष्टले भने जनताका सडकमा ग्राभिल नफाल्ने तर नगरपालिकाको कर्मचारी हुदैमा आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाईने भन्दै आफुहरुले टिप्पर नियन्त्रमा लिएको बताए ।

यो एकदमै गलत कुरा हो, जनताले निर्वाचित जनप्रतिनिधी पठाउदा पनि उनिहरुकै निर्देशनमा टिप्परको दुरुपयोग भएको भन्दै त्यसको विरोध गरेको र यस्तो काम गरेमा आफ्नो संगठनले कडा प्रतिबाद गर्ने र यो टिप्परलाई नगर प्रमुख र प्रहरीको सरोहरमा छोडिने पनि जनाए । वाईसियलका सह इन्चार्ज रधुविर धामीले भने यसरी टिप्परको व्यक्तिगत रुपमा प्रयोग गरीनु गलत भएको भन्दै स्थानिय सरकारले जनताको काममा लाग्नु पर्ने बताए ।

ग्राभिल समितिको साधन स्रोत समितिका संयोजक भिम साउदले यदि कसैले यसरी दुरुपयोग गरेको पाइएमा कारबाही गरीने र यो घटनाको बारेमा थप अनुसन्धान गरेर कारबाही गरीने जनाए । यसरी विकास निर्माणका प्रयोग गरीने सरकारी साधन स्रोतको दुरुपयोग गरेको पाइएमा कारबाही गर्नु र अनुगमन जरुरी रहेको स्थानिय बासिन्दाले बताएका छन् ।