२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा ७८ करोड २६ लाख ठगीको मागदावी

१३ बैशाख २०७५, बिहीबार ११:३२

बैशाख १२,काठमाडौँ । बैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगि नियन्त्रणमा हुनुको सट्टा बढ्दै गएको देखिएको छ । नियामक निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको भूमिका कमजोर हुँदा ठगिका घटना झन् बढ्दै गएको विभागकै रेकर्डले पुष्टी गरेको छ  ।

विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको चैत्र मसान्तसम्मको ठगी उजुरीको विवरण अनुसार संस्थागत तथा व्यक्तिगत गरी १ हजार ५ सय ८७ उजुरीमा ७८  करोड २६  लाख ५२ हजार ९ सय ९६ रुपैयाँ माग दावी देखिएको हो । 

विभागले २३  करोड ३५  लाख ३२ हजार १ सय २ रुपैयाँ बराबरको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधीकरणमा १ सय ७४ वटा वैदेशिक रोजगार ठगी मुद्दा दायर गरेको छ । विभागले दायर गरेको यो व्यक्तिगत परेका उजुरी मात्र हुन् । संस्थागत अर्थात् म्यानपावर कम्पनीलाई भने विभागले कुनै मुद्दा दायर गरेको छैन।

चैत्र महिनासम्म म्यानपावर र व्यक्तिगततर्फ गरी १ हजार ५ सय ८७ उजुरी परेकोमा ८ सय ७४ वटा फछ्र्योट भएका छन् । त्यसमा व्यक्तिगत तर्फ १ सय ५६  र संस्थागत अर्थात् म्यानपावरतर्फ ७  सय १८  वटा उजुरीहरु रहेका छन् । विभागको तथ्यांक अनुसार त्यसमा व्यक्तिगत ठगीतर्फ ४२ करोड ४९ लाख ७ हजार ९ सय ८७  र संस्थागत अर्थात् म्यानपावर कम्पनीतर्फ १९ करोड ८६ लाख २४ हजार ३ सय ९८  रुपैयाँ बिगो फछ्र्योट हुन बाँकी देखिन्छ ।  

हाल संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत उजुरी बढेका छन् । फागुनमा संस्थागततर्फ १०० वटा उजुरी पर्दा व्यक्तिगत १०४  वटा उजुरी परेका छन् । फागुनमा व्यक्तिगत तर्फ वैदेशिक रोजगार न्यायाधीकरणमा १७  उजुरी ठगी मुद्दा दायर भएको छ भने त्यस अवधिमा विभागले कुनैपनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरिएको छैन । विभागमा उजुरी परेपछि म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधि विभाग गई मिलापत्रका आधारमा कामदारको रकम फिर्ता गर्ने हुनाले म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दायर नभएको विभागले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य