2026-09-04 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको श्रम स्वीकृति स्थानीय तहबाटै

वैशाख १५, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । 

रोजगारका लागि श्रम बसाइँसराइ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने बताउनुभयो । 

“रेमिट्यान्सलाई आयमूलक क्षेत्रमा लगाउने उद्देश्य पनि छ”, उहाँले भन्नुभयो । मन्त्रालयले छिमेकी मुलुकमा वैदेशिक रोजगारमा जाने र स्वीकृति लिएर जाने सबैको तथ्यांक राख्ने र विदेशबाट आउने रकम बैंकमार्फत मात्र पठाउने नियम बनाउने सरकारको योजना रहेको जानकारी उहाँले दिनुभयो । 

कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिले विदेशबाट नेपालमा फर्कने कामदारको सीपको सदुपयोग हुनुपर्ने र उनीहरुको पुनस्र्थापना गर्नुपर्ने बताए । उनीहरुले निःशुल्क प्रवेशाज्ञा र फ्रि टिकटको व्यवस्था कार्यान्वयन नभएकामा आपत्तिसमेत जनाए । 

श्रमिकको अधिकार सुनिश्चित गर्न माग 

अखिल नेपाल ट्रेड युनियन महासंघका पदाधिकारीले श्रमिकको अधिकार सुनिश्चित गर्न माग गर्दै रोजगारमन्त्री विष्टको ध्यानाकर्षण गराएका छन् । महासंघका अध्यक्ष गणेश रेग्मीसहितको टोलीले मन्त्री विष्टलाई सामाजिक सुरक्षा कोष र श्रम ऐन कार्यान्वयन गर्नुपर्ने, मजदुरको तलब रु पाँच हजार वृद्धि गर्नुपर्ने, बेरोजगार युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्ने लगायत माग गरेको छ । 

ध्यानकर्षणपत्र ग्रहण गर्दै मन्त्री विष्टले कामअनुसार देशैभरिका श्रमिकले समान सुविधा र अवसर पाउने गरी केही दिनमै ठोस निर्णय ल्याउनका लागि बहुआयामिक ढंगबाट अध्ययन र छलफल भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ