2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण शुरु

वैशाख १५, बाबियाचौर | मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । 

गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोटदेखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण शुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेउसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाध्यक्ष टंक पुनले जानकारी दिनुभयो । 

साढे चार फुट चौडाइ भएको ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको हो । त्रिपन्न घरधुरी उपभोक्ताले दुई दिनका दरले श्रमदान गरेका थिए । आगामी वर्ष थप ३९० मिटर पदमार्ग निर्माण गरेपछि तालसम्म जोडिने वडाध्यक्ष पुनले बताउनुभयो । पदमार्ग निर्माण भएपछि गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । 

निस्कोट गाउँदेखि करीब २० मिनेट उकालो हिँडेपछि पुगिने बराहतालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छलगायत १० वटा हिमाल देख्न सकिन्छ । साठी मिटर लम्बाइ, ४० मिटर चौडाइ र सात मिटर गहिराइ भएको तालमा हिमालको छायाँ निकै मनमोहक देखिन्छ । 

बराह तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

पदमार्ग निर्माण कार्यलाई पूर्णतासँगै तालमा सधैँभरि पानी भरिभराउ बनाउने र घेरबार गर्ने योजना बनाइएको छ । तालको महत्वका बारेमा प्रचारप्रसार गर्न उत्सवको आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष पुनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई