२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतले विद्युतीय तार जडान गरेपछि उत्पन्न विवादलाई संयुक्त सर्वे टोलीले हल गर्ने

१६ बैशाख २०७५, आईतवार ०३:२१

वैशाख १६, भीमदत्तनगर (रासस) | विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको छ । 

जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद भएको थियो । 

उक्त विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । सर्वे टोली विगत केही मिहनायता कञ्चनपुर÷कैलालीकै सीमा क्षेत्रमा खटिएको छ । 

“अहिले संयुक्त सर्वे टिम कैलालीको सीमा क्षेत्रमा काम गरिरहेको छ ।” प्रजिअ खड्काले भन्नुभयो– “पुनर्वासको विवादको विषय टुंग्याउन सर्वे टोलीलाई निर्देशन भइसकेको छ ।” 

भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब दुई हजार ९०० मिटर तार जडान गरिसकिएको छ । 

“यसअघि दुवै देशबीच भएको मौखिक सहमतिअनुसार तारबार लगाएको रहेछ ।” इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले भन्नुभयो, “अब ३०० मिटर मात्रै बाँकी रहेका बेला एसएसबीले तारबार गर्ने ठाउँ नेपाल–भारत दशगजामा पर्ने दाबीसहित रोकेको छ ।” तर बिचफाँटाका स्थानीयले यसअघि पनि पटक÷पटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको दाबी गर्दै भारतको दाबी गलत भएको बताउँदै आएका छन् । 

स्थानीयका अनुसार नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका थिए । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पुर्याउँदै आएका छन् । 

एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेपछि केहीबेर समस्या भएको थियो । 

उक्त बटालियनको टोली भर्खरै त्यहाँ नयाँ आएको समेत बुझिएको छ । वडा कार्यालयबाट समेत रु छ लाख रकम तारबारका लागि विनियोजन गरिएको छ । गत वर्ष पुनर्वास नगरपालिकामै सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की