२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एक चक्की सिटामोलको रु सात !

१६ बैशाख २०७५, आईतवार ०३:२५

ललित सिंह | वैशाख १६, बझाङ (रासस) | औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । 

स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् । 

“ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर (अहेब)ले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर सिलिप लेखी दिएपछि एक चक्की सिटामोलको रु सातका दरले किनेर औषधि खाए,” दहबगरका उकेश बोहराले भन्नुभयो । 

उहाँले भन्नुभयो, “बिरामीले चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरु समयमा कहिल्यै औषधि पाउँदैनन्, अरु समयमा सधैँ किनेर लिनुपर्छ ।” 

“सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर हामीले निःशुल्करुपमा पाइने सिटामोललाई पनि रु सातमा किन्नुपरेको छ, जनताको मर्का कसले बुझ्ने, नकिनु भने मरियाला भने डर किनेर खाउ भने नसोचेको मूल्य तिनुपर्ने हुन्छ,” उकेश बोहराले भन्नुभयो, “सदरमुकाम पुग्न यहाँका बिरामीलाई हिँडेर पूरै दुई दिन लाग्छ ।” 

स्वास्थ्य चौकीमा आफू बिरामी परेमा चेकजाँच गराउने मात्र हो । उपचारका लागि सबै औषधि महँगो मूल्यमा स्वास्थ्य चौकी इञ्चार्ज र सहायकको निजी मेडिकलबाट नगदमा भए लेखेको मूल्यभन्दा पाँच गुणा महँगो र उधारो भए दैनिकी ब्याजमा गाउँलेले लिने गरेको दुर्गाथली गाउँपालिका–१ करन विकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दुई दिनअघि सैनपसेला स्वास्थ्य चौकीमा भाउजुको उपचार गराउन गए, पखाला लागेकाले अन्य औषधिसँगै जीवनजल लिए, एक पाकेटको रु ४० लियो, जाने बुझेकालाई गोप्यरुपमा चौकी इञ्चार्जले औषधि दिन्छन् ।” 

“सर्वसाधारणले व्याजमा औषधि लिनुपरेको छ, गाउँमा स्थानीय चुनावपछि जनताले सुविधा पाउनुको साट्टो झन दुःख पाएका छन्, चौकी इञ्चार्जबाट राजनीति आस्थाका आधारमा समेत भेदभाव हुने गरेको छ । सरकारले सिंहदरबारको अधिकार गाउँमा भनेको थियो, यही हो की,” करन विकको प्रश्न गर्नुभयो । 

जिल्लाबाट औषधि आउन छोड्यो । नगरपालिकाले औषधिको खरिदका लागि बजेट पठाएको भन्ने जानकारी आएको भए पनि वडा कार्यालयले औषधि खरिद गरेको छैन । स्वास्थ्य चौकीमा औषधि मौज्दात नभएकाले बिरामीलाई औषधिको सिलिप लेखेर दिने गरेको दहबगड स्वास्थ्य चौकीका अहेव वीरबहादुर धामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मौसम परिर्वतन भएसँगै अहिले झाडापखाला, ज्वरो, विषमज्वरोका बिरामी बढी आउने गरेका छन्, गाउँ दुर्गम छ ठाउँ दुर्गम छ राज्यको आँखा पुगेको छैन, अहिले स्वास्थ्य चौकी औषधिविहीन भएको छ, बिरामीले औषधि खोज्ने गर्छन्, हामीले दिन सकेका छैन, कतिले त गाली गर्ने झगडा गरेर जाने गरेका छन् ।” 

राज्यले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि र स्वास्थ्य चौकीलाई ४० प्रकारको औषधि दिने गरेको छ । आव ०७४/७५ पहिलो चौमासिकमा औषधि खरिद गरेर ल्याई वितरण गरेको हो । अहिले गाउँपालिका र नगरपालिकाले आफैँले औषधि खरिद गर्ने राज्यले नियम बनाएपछि जिल्लास्थित एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४५ स्वास्थ्य चौकी सबै औषधिविहीन भएको जिल्ला अस्पतालका प्रमुख डा अनुप रेग्मीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “औषधिको मूल्य लेखेको हुन्छ, त्योभन्दा बढीमा बिक्री गर्न पाइँदैन, औषधि अभाव जिल्ला अस्पतालमा समेत छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै