५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विप्रेषणसँगै गाउँमा विकास भित्रियो

१६ बैशाख २०७५, आईतवार ०३:३५

वैशाख १६, बाबियाचौर | रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका रघुगंगा गाउँपालिका–१ बेगका बासिन्दाले गाउँमा करोडौँको विकास भित्र्याएका छन् । 

देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । 

प्रवासीको पहलमा बेगमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । 

देशका विभिन्न शहर र विदेशमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडाँै, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराईन, सिंगापुरलगायतका देश विदेशमा पुगेका बेगका बासिन्दा समाजमा आबद्ध भएका छन् । 

समाजको पहलमा रु एक करोड २५ लाख जुटाएर विसं २०७० मा छ किलोमिटर दूरीको बेगखोला–देउराली नमूना हरित सडक र पाँच किलोमिटर दूरीको तिप्ल्याङ–बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले बताउनुभयो । 

प्रवासी र स्थानीयवासीको पहलमा बेग देउरालीमा सभाहलसहितको सामुदायिक भवनसमेत निर्माण भएको छ । उक्त भवनको भित्ता बेगखोला–देउराली र तिप्ल्याङ–बादुक सडक निर्माणमा सहयोग गर्ने चन्दादाताको नामसहितको शिलालेखले भरिएको छ । 

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा स्व भिसी पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा विसं २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । विसं २०७२ मा बेलायतको ह्यान्डस टुगेडर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो । 

बेगखोला युवा क्लबको पहलमा विसं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको रु १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो । 

हरेक वर्ष आफ्नो जन्मथलोको विकासका लागि कुनै न कुनै अभियान सञ्चालन गर्दै आएको समाजले यस वर्ष बेगस्थित महादेव माविको भवन पुनःनिर्माण अभियान सञ्चालन गरेको छ । विसं २०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण बनेपछि समाजको अगुवाइमा शुरु भएको अभियानका क्रममा रु एक करोड ३३ लाख सहयोगको घोषणा भएको समाजका अध्यक्ष योगकुमार फगामीले बताउनुभयो । 

कक्षा १० सम्म पठनपाठन हुने १७० जना विद्यार्थी अध्ययनरत विद्यालयमा यसअघि प्रवासी पूर्व विद्यार्थीले रु ३२ लाखको विभिन्न अक्षयकोष स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि छुट्टाछुट्टै अक्षयकोष रहेका छन् । 

ग्रामीण क्षेत्रमा रहेको विद्यालयको भौतिक, शैक्षिक विकासमा पूर्व विद्यार्थीको सहयोग प्रभावकारी बनेको प्रअ धनबहादुर फगामीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक