२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान

१६ बैशाख २०७५, आईतवार ०७:५१

राम नारायण पंडित | वैशाख १६, सिरहा । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गोलबजार नगारपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको छ । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकासको कल्पना गर्न पनि नसकिने भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक बातावरण निर्माणमा सहयोग पुग्ने विकासका साथ सीसीटीभि क्यामेरा जडान गरिएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । 

तराईका जिल्लाहरुमा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख साहले जनाए । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने साहले विश्वास व्यक्त गरे । 

क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षकहरु कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा बिद्यालय छाडेर भाग्ने जस्ता कार्यको निगरानी गर्न सकिने प्रमुख साहले बताए । उनले भने, ‘शिक्षा क्षेत्रमा यति राजनीतिकरण भएको छ की त्यसलाई लिकमा ल्याउन धेरै मेहनतको जरुरी छ, जसको लागि यसले पहिलो खुडकिलोको रुपमा काम गर्ने छ ।’

उनले नगर सभाको पहिलो बैठकको पहिलो निर्णय नै शिक्षा क्षेत्रको सुधारमा जोडदिन प्राविधिक मैत्रि शिक्षण प्रकृयाको विकास गर्न कम्प्यूटर दिने निर्णय गरेका थियौं, त्यसै अनुसार आज यो कार्य भएको जनाए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक लगानी गर्न नगर तयार रहेको जनाए ।

नगरक्षेत्रमा रहेको ६ वटा माध्यमिक विद्यालयको सम्पूर्ण विद्यालय प्राङ्गण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको वरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई ४ वटाका दरले क्यामेरा जडान गरिएको नगरपालीकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञावालीले जनाए ।

नगर क्षेत्र भित्र पर्ने जनता नमूना माध्यमिक विद्यालय, गोलबजार ८ चोहर्वा, जनता (प्रविधिक) माध्यमिक विद्यालय गोलबजार ४, जनता माध्यमिक विद्यालय, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२  बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् । 

क्यामेरा प्रत्येक बिद्यालयका प्रधानाध्यापकले निगरानी गर्ने प्रशासकिय अधिकृत ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन