२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लामिडाडाँमा बैंक अपायक भएको भन्दै गाउँपालिकाले बैंकमा गर्दैनन् कारोवार

१६ बैशाख २०७५, आईतवार १२:१६

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | स्थानिय निकायलाई लक्षितगरी सञ्चालन गरेको बैंकमा गाउँपालिकाले बैंक अपायक स्थान र राजनीतिक प्रतिशोधका कारण कारोवार नगर्दा सेन्चुरी कर्मसियल बैंक शाखा लामिडाडाँलाई सञ्चालनमा समस्या भएको छ ।

‘स्थानिय निकायमा बैंक आवाश्यक छ ।’ भनेर स्वंयम् रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले सिफारिश गरेको सेन्चुरी कर्मसियल बैकमा गाउँपालिकाको सम्पुर्ण कारोवार राष्ट्रिय वाणिज्य बैंक दिक्तेलमै गरेकाले सेन्चुरी कर्मसियल बैकलाई सञ्चालनमा समस्या भएको हो । 

ताकि गत चैत्र २२ गते नेपाल राष्ट्रिय वाणिज्य बैंकले ‘ग’ बर्गको सरकारी कारोवार सञ्चालन गर्न सेन्चुरी बैंकलाई स्वीकृत दिईसकेको थियो । रावाबेंशी गाउँपालिकाको लामिडाडाँमा ‘ग’ बर्गको सरकारी कारोवार सञ्चालन गर्न सेन्चुरी बैंकलाई स्वीकृत दिएको बोधार्थ अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा सिंहदरवार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय कोष प्रशासन शाखा, कोष तथा लेखा नियन्त्रण कार्यालय दिक्तेल र रावावेशी गाउँपालिकामा बंैकले गत माघ २८ गते उद्घाटन पश्चात बुझाईसकेको छ ।

गाउँपालिकाको कारोवार गर्न बैंकसम्म पुग्नेहरुलाई गाउँपालिको केन्द्र अन्यन्त्र सारेको र अपायक हुने भन्दै वाणिज्य बैंक दिक्तेलमा खाता सञ्चालन गर्न गाउँपालिकाले ह्वीप जारी गर्ने गरेको खुलासा भएको छ । यद्यपि दिक्तेलभन्दा लामिडाडाँ भूगोलको हिसाबमा नजिक रहेको छ ।

हामीकहाँ लामिडाडाँ खानेपानि उपभोक्ता समिति र लामिडाडाँ सडक मर्मत उपभोक्ता समिति आफ्नै ठाउँमा रहेको बंैकमा खाता सञ्चालन गर्न आए । सेन्चुरी कर्मसियल बैंक लामिडाडाँ शाखा प्रबन्धक रोशनबाबु सुवेदीले भने “तर, गाउँपालिकाले खाता सञ्चालन गर्न रोकावट गरे यहाँ हुने खर्चको दोब्बर खर्चमा उहाँहरु दिक्तेल जान बाध्य हुनुपर्यो ।”

गाउँपालिकाबाट वितरण गरेका आयोजनाका पहिलो किस्ता राष्ट्रिय वाणिज्य बैंकबाट निकासा भईसकेकाले दोश्रो किस्ता निकाल्न अप्ठ्यारो हुने भएकाले सेन्चुरी बैंक नजानु वाणिज्यमा जानु नभनेको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । सेन्चुरी बैंक कहाँ नजाने वातावरण नभएकाले उपभोक्ताहरु आफै राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्न गएको हो । उहाँले भन्नुभयो,“मैले त जुन बैंकमा जान्छु भन्छन्, त्यहि बैकको लागि चिठी लेखिदिन्छु ।” अहिले उक्त बैंकमा ब्यक्तिगत कारोवार मात्रै भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो