2026-09-03 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

रामचन्द्र न्यौपाने/वैशाख १७ डोल्पा | आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ मानिंदैन । 

जिल्ला अस्पताल डोल्पाले हालै सञ्चालन गरेको पाठेघरको शल्यक्रिया शिविरमा ११ जना पाठेघरपीडित महिलाले निःशुल्क शल्यक्रिया गराएका छन् । दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलोपटक सञ्चालन गरिएको शिविरबाट जटल समस्याबाट पीडित ती महिलाले गाउँघरमै स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् । 

पूर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्यसमेत रहनुभएकी सत्य पहाडीको विशेष पहलमा डोल्पा पुगेको विशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबारदेखि तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया शुरु गरेको थियो । 

त्यस्तै विशेषज्ञ डाक्टर आएको मौका छोपेर मासु पलाएका, पिप जमेका, काटिएकालगायतका आठवटा अन्य जनरल शल्यक्रियासमेत गरिएको जिल्ला अस्पताल डोल्पाका डा अनुपमंगल समालले जानकारी दिनुभयो । 

शिविरमा दुई सयभन्दा बढी पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए । डोल्पामा यसरी शल्यक्रिया गरिनु डोल्पाली महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताउँछन् । 

“एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै रु ३५ देखि ४० हजारसम्म लाग्छ, डोल्पाबाटै जिल्ला बाहिर जान जहाज भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनु पथ्र्यो, जिल्लामै पहिलो पटक शल्यक्रिया भएपछि डोल्पाली महिलाको लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमैमात्रामा पाइन्छ”, डा समालले भन्नुभयो । 

शिविर सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै ३०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । 

जिल्लामै पहिलोपटक सदरमुकाममै पाठेघरको निःशुल्क शल्यक्रिया शिविर शुरु भएपछि जिल्लाका त्रिपुराकोट, सुँ, जिँउ, जुफाल, माझफाल, दुनैलगायतका विकट बस्तीबाट २०० भन्दा बढीपीडित महिला उपचार गर्न सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा पुगेका थिए । 

शल्यक्रिया गर्नुपर्ने र हुनसक्ने एउटा महिला पनि नछुटेको अस्पतालले जनाएको छ । 

एक ७० वर्षया पाठेघरपीडित महिलाको भने शल्यक्रिया हुन नसकेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । 

पाको उमेरका कारण शल्यक्रियाको भार थाम्न नसक्ने भएकाले शल्यक्रिया नगरिएको अस्पतालको भनाइ छ । 

“पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिए, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिए न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई, यस्तो समस्याले ग्रसित पार्दै गएपछि थला परिसकेको थिए, यस पटक डोल्पामै स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ”, त्रिपुरा सुन्दरी नगरपालिका–१ रल्ली बस्ने रुप्सी कुलालले भन्नुभयो । 

“शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको छ, पाठघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो अहिले सहज छ”, उहाँले भन्नुभयो । 

उहाँले पूर्व शान्ति मन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरको टोलीलाई समेत धन्यवाद दिनुभयो । 

त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रिया भएपछि लामो समयदेखि ग्रसित त्रिपुरा सुन्दरी नगरपालिका–४ की मनभुजा धरला पनि खुशीले भावुक हुनुभएको छ । 

उहाँको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो । 

अर्की रुपधनी सार्की पनि पाठेघरको उपचारका लागि त्रिपुरा सुन्दरी नगरपालिका–१ बाट चार घण्टाको पैदल हिँडेर दुनै पुगेकी थिइन् । लामो समयदेखि पाठेघर खस्ने समस्याले ग्रसित उनको स्त्री रोग विशेषज्ञ राजबहादुर शाहीसहितको विशेषज्ञ टोलीले आइतबार उपचार गरेको थियो । 

जिल्ला अस्पतालमै आयोजना भएको निःशुल्क शल्यक्रिया शिविरमा पाठेघरपीडित सयौँ महिला गाउँगाउँबाट आए पनि उनीहरुको समस्या हेरेर शल्यक्रिया गर्नैपर्ने महिलाको नछुटाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको डा अनुपमंगल समालले जानकारी दिनुभयो । 

उहाँका अनुसार हामीले शिविरको अवधि दुई दिन भए पनि उनीहरुको संख्यालाई हेरेर एक दिन थपेर शिविरको अवधि चार दिन पु¥याइएको हो । 

“घरआँगनमै निःशुल्क शल्यक्रिया हुने भएपछि महिलाको ओइरो लागेको थियो, उनीहरुको समस्या हेरेर उपचार गरिएको छ ।” 

“डोल्पाली महिला धेरै पाठेघर खस्ने समस्याले ग्रसित छन्, उनीहरुको सानै उमेरमा बिहे गर्ने र धेरै बच्चा जन्माउनुलाई प्रमुख कारण मानिन्छ ।” 

दुर्गमको संस्कार घरदेखि वनको सबै काममा महिला नै जोतिनुपर्छ भन्ने पुरुषवादी सोचका कारण पनि डोल्पामा पाठेघर खस्ने रोगका कारण महिला धेरै पीडित भएका छन्, जिल्ला अस्पताल डोल्पाका डा श्रीकान्त अग्रवालले जानकारी दिनुभयो । 

विशेषज्ञ डाक्टरसहित औषधि उपकरण बोकेर डोल्पा पुग्नुभएकी पूर्व शान्ति मन्त्री पहाडीले डोल्पा अस्पताललाई १५ शय्याबाट बढाएर ५० शय्या बनाउनका लागि पहल भइरहेका बताउनुभयो । 

आफू कर्णालीका धेरै जिल्लाका अस्पतालमा घुमिसकेकाले डोल्पा अस्पतालको सेवा राम्रो भएको उहाँको भनाइ छ । 

अस्पतालका वर्तमान समस्याहरु समाधान गर्दै जनतालाई गुणस्तरिय सेवा दिनकोलागि आफू लागिपरेको नेतृ पहाडीले बताउनुभयो । 

जिल्लाका महिलाहरुलाई कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशतभन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही