2026-06-16 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका विदेशी कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि हुने, यस्तो छ तयारी

2018-05-01

वैशाख १८ काठमाण्डौ। कतार सरकारले सन् २०१८ को अन्त्यसम्ममा विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ ।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटपछि भनिन्– यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले संकेत पाएका छौं, यो खुसीको खबर हो ।’

बुरोजले कति तलब बढ्ने छ भन्ने आँकडा त दिएनन् तर श्रमिकको बढ्दो खर्चलाई मध्यनजर गरी रकम वृद्धि हुने अपेक्षा गरिन् ।

कतारले सन् २०१७ नोभेम्बरमा पहिलोपटक विदेशी कामदारका लागि मासिक २ सय अमेरिकी डलर(७५० कतारी रियाल) न्यूनतम तलब निर्धारण गरेको थियो । मन्त्रीको भनाइ अनुसार काम भएमा पहिलोपटक न्यूनतम तलब वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विश्वकप आयोजनाका लागि संरचना निर्माण गर्न ठूलो संख्यामा विदेशी कामदारको प्रयोग भइरहेको छ । तर उनीहरुमाथि शोषण भएको भन्दै पश्चिम मुलुकहरुले कतारमाथि श्रम नीतिमा सुधार गर्न दबाव दिँदै आएका थिए ।

कतारले न्यूनतम तलब, बस्ने सुविधा, बैंक खातामै कामदारको तलब दिनुपर्ने र काफाला सिस्टमको भिषा नीति परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको अंशका रुपमा न्यूनतम तलब बृद्धि गर्न लागिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन