८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा

१९ बैशाख २०७५, बुधबार १५:५५

चिसाङ शेर्पा | बैशाख १९, खोटाङ | विहीबारबाट शुरु हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ । बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि स्टील मञ्च, प्याराफिट, कम्पाउण्ड, डस्टविन, अस्थायी शौचालय, स्वागतद्धार गेट, लगायतका भौतिक संरचनाहरु निर्माण सकिएसँगै तयारी पुरा भएको हो । 

खेल संस्कृतिको विकास गर्दै खोटाङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो करातेसंघ खोटाङको आयोजनामा सदमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भोलीबाट शुरुवात हुने प्रतियोगिताका लागि खेलाडीको आवास व्यवस्थापन, ट्रफी, प्रमाणपत्र, पुरस्कार सबैको तयारी पुरा भएको नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । 

१७ स्वर्ण, १७ कास्य ३४ पदकगरी ६८ पदक प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय टिमहरु भारत र श्रीलंका बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपालका सात प्रदेशका ७ टिम आज रातीसम्ममा दिक्तेल आईपुग्ने करातेसंघ खोटाङका अध्यक्ष राईले बताए । प्रतियोगिताका लागि नेपाली सेना, शुभद्र–मदन फाउण्डेसनका विधार्थी तथा आयोजकले मञ्च निर्माण गरेका हुन् ।  


प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । 

अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष महिलाले जनही २०/२० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता भोलि बिहान ११ बजे विभिन्न जातजाती, भेषभूषासहित रत्नपार्क–हाँटडाडाँ, हाँटडाडाँ–माटिकोरे र्याली निकालेर  खेलमैदानमा पुगेपछि कार्यक्रम औपचारिक रुपमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता