2026-09-13 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक गाग्री पानी ल्याउन एक रातको बास

वैशाख १९, कालिकोट | नरहरीनाथ गाउँपालिका वडा नं. १ डिकेधारीका स्थानीय महिलाहरु एक गाग्री पानी भर्नकै लागि कुवामै रातभरी बास बस्न बाध्य भएका छन् । गाउँमा परापुर्वकालदेखीको खानेपानी आयोजना बिग्रिएपछि कुवाको पानीको भरमा रहेका स्थानीय महिलाहरु अहिले कुवामै पनि पानी सुक्न थालेपछि एक गाग्री पानी भर्न रातभरी कुवामै बास बस्न बाध्य भएका हुन् ।

सदरमुुकाम मान्मदेखी नरहरीनाथ गाउँपालिकाको कोटवाडा, कुमालगाउँ, रुप्सासम्म जाने बाटोमा पर्ने उक्त गाँउका स्थानीय नागरिकहरु अहिले खानेपानीको चरम अभावमा छन् । २०५२ सालमा त्यसै गाउका लागि निर्माण भएको सिमलपानी खानेपानी आयोजना बिग्रिएपछि गाँउमा खानेपानीको अभाव भएको स्थानीय गणेश बिष्टले बताए । उनले उक्त खानेपानी आयोजना मर्मतका लागि पटक पटक पुरानो साविकको गाविसबाट बजेट बिनियोजना गरेको भएपनि उपभोक्ता बनाएर काम नगरी बजेट सकाउदा बर्षेनी खानेपानीको समस्या भोग्नु परेको बताए ।

‘२०५२ सालमा बनेको सिमलपानी खानेपानी आयोजना मर्मत नहुँदा गाँउमा कुवाको पानी स्थानीयले खानुपर्ने समस्या छ’उनले भने, ‘कुवाकै पानी पनि एक गाग्र भर्नका लागि रातभरी कुर्वामा वास बस्नु पर्छ । गाँउका अधिकांश स्थानीय महिलाहरु पानी लिन जाँदा पालोपालो कुवामा बास बस्दै आएका छन् ।’ साविकको कोटवाडा गाविसका सलेपा तथा हाल नरहरीनाथ गाउपालिका वडा नं. १ का सलेपा उदयराम बिष्टले २०५२ सालमा बनेको सिमलपानी खानेपानी आयोजना दुई पटक मर्मत भएको बताए ।

उनले पहिले गाविसबाटै एक पटक ४ लाख र १ पटक दुई लाख बजेट विनियोजन गरेर मर्मत गरेपनि पुन बिग्रिए पछि खानेपानीको समस्या भएको बताए । उनले यसै आर्थिक बर्षमा पनि उक्त खानेपानी आयोजना मर्मतका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको बताए । उनका अनुसार उक्त बजेट उपभोक्ता समिति गठन भएर काम अगाडि बढिरहेको छ ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले आफुले सबै योजनाको अनुगमन गर्न नसकेकाले गाउँपालिका उपाध्यक्ष मनसोभा बुढालाई अनुगमनमा खटाएको बताउँदै तत्काल सिमलखोला खानेपानी आयोजना मर्मत गर्न नरहरीनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष र गाउँपालिका उपाध्यक्षलाई भनेर उपभोक्ता समितिलाई ताकेता लगाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले