२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

खेलाडीले देशको नाम उच्च राख्न ससक्छनः सांसद कुवर

२० बैशाख २०७५, बिहीबार १६:५३

कमल रावल | बैशाख २०, अछाम | राष्ट्रिय सभा सांसद शेर बहादुर कुवरले खेलाडीले देशको नाम उच्च राख्न सफल भएका बताउनु भएको छ । देशलाई चिनाउने खेल क्षेत्र नै पहीलो भएकाले यसतर्फ अबको लगानि हुनु पर्ने बताउनु भयो । 

मंगलसेन नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप जिल्ला स्तरिय भलिबल प्रतियोगिताको सदरमुकाम मंगलसेनमा उदघाट्न गर्दै कुवरले अछामको ईज्जत र प्रतिष्ठा बचाउनका लागि सबै खेलाडीले सक्नु पर्ने धारण राखेका थिए ।


अछाम जिल्ला चर्चित खेलाडी उत्पादन गर्न सफल होस भन्ने शुभकामना समेत ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका नेकपा एमाले अछामका अध्यक्ष समेत रहेका कुवरले अहीलेको पहीलो एजेण्डा संघियता कार्यान्वयन भएकाले यसलाई सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए । देश बनाउने अभिभारा आईपरेकाले सबै मिलेर अघि बढनु पर्ने बताउनु भयो । मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी प्रतिनिधी सभा साँसद यज्ञ बहादुर बोगटीले खेल जगतको बिकासका लागि अब सबैले लाग्नु पर्ने बताउनु भयो । जिल्लामा थुप्रै खेलाडी उत्पादन भएतापनी अझै उचित खेलमैदानको ब्याबस्था हुन नसकेको बताउनु भयो । आगामि दिनमा अभाव खेलमैदानलाई पुर्ति गर्न आफ्नो पहल कदमी निरन्तर जारी रहने बताएका थिए । 


अर्का बिशिष्ट अतिथी प्रदेश सांसद बल बहादुर सोडारीले अछाम जिल्लामा खेलमैदानको अभाव भएकाले प्रदेश सभाको बैठकमा मैदानको लागि पहल गर्ने धारणा राखेका थिए । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य कमल तिमिल्सैना, नेपाली काग्रेसका कार्यालय सचिव महेश जैसि, नेकपा माओवादि केन्द्र केन्द्रिय आयोजक कमिटी सदस्य खगेन्द्रमान सिहले शुभकामना मन्तव्य राख्नु भएको थियो । मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन जिल्ला खेलकुद बिकास समिती कोषाध्यक्ष तपेन्द्र कुमार स्वारले गर्नु भएको थियो । प्रतियोगिताका अछामका ७ वटा स्थानिय तहका ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य