२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमै पहिलो पटक ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी अछाममा हुने

२१ बैशाख २०७५, शुक्रबार ०६:३१

पूर्णबहादुर खड्का/बैशाख २१ अछाम। नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ । 

नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठीको आयोजना हुन लागेको हो । 

बिशेषगरी ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको बयालपाटा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताए । 

उहाँका अनुसार यस कार्यशाला गोष्ठीले शल्यक्रिया ट्रमालाई ग्रामिण क्षेत्रको सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गुर्नभएको छ । ग्रामिण क्षेत्रमा अर्थोका बिरामीको संख्या भएकोले यस्ता समस्यालाई ग्रामिण क्षेत्रमै समाधान गर्ने लक्ष्य समेत कार्यशाला गोष्ठीको रहेको उहाँको भनाई छ । 

जसले गर्दा यस क्षेत्रका बिरामीलाई निकै टेवा पुग्ने विश्वास गरिएको छ । 

एकजना अर्थोपेडिक सर्जनको सहायतामा बयालपाटा अस्पतालमा अहिले हरेक महिना ३ सय ५० भन्दा बढी बिरामीले सेवा लिने गरेका अस्पतालको तथ्यांकमा उल्लेख रहेको छ जुन सुदुरपश्चिमका लागी ठुलो संख्या हो । 

कार्यशाला गोष्ठीका लागी अन्राष्टिय, काठमाण्डौ प्रदेश नं. ६ र ७ बाट गरी ३५ जना भन्दा बढी शल्यचिकित्सक सहभागी हुने अपेक्षा गरिएको छ । न्याय हेल्थ नेपाल तथा अन्तराष्टिय साईन फ्रकचर केयरको सहयोग रहेको छ । 

नाफा रहित संस्था पोसिबलको सहयोगमा न्याय हेल्थ नेपालले बयालपाटा र चरिकोट अस्पतालमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ भने अमेरिकामा अवस्थित परोपकारी संस्था अन्तराष्टिय साईन फ्रकचर केयरले हार्डजोर्नी सम्बन्धी सेवा प्रदान गर्नुका साथै शल्य चिकित्सकका लागी प्रशिक्षण समेत प्रदान गर्दै आईरहको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता